गौर, २४ साउन । रौतहटको यमुनामाई गाउपालिकाका लेखापालले व्यापक रुपमा आर्थिक अनियमिता गरेको स्थानीयले बताएकाछन् । यमुनामाई गाउपालिकाको लेखाको जिम्मा पाएपछि लेखापाल श्रीमन नारायण झाले गाउपालिकामा व्यापक आर्थिक अाियमिता गरेको स्थानीयको भनाइ रहेको छ । जिल्ला अस्पातल गौरको समेत लेखापाल रहेका झाले जालझेल गर्दै दुई स्थानमा आर्थिक अनियमिता गरेर जिल्लाका बिभिन्न स्थानमा जग्गा जमिन समेत जोडेका छन् । उनले गएको आर्थिक बर्षमा व्यापक आर्थिक अनियमिता गरेको हाकिम गाउपालिका प्रमुखले भनेको काम समेत नगरेका कारण उनको सरुवाका लागि गाउपालिका प्रमुख श्रीप्रसाद मुखिया झाकै सरुवाका लागि काठमाण्डौ जान लागेको अवस्थामा उनी बिवादमा परेका थिए । काठमाण्डौ जाने बेलामा स्कोर्पियो ट्रेक्टर चालकले चलाएर लगेपछि उनी मिडियामा विवादमा आएका थिए । सो गाउपालिकाका लेखापाल झाले यमुनामाई गाउपालिकाका उपभोक्ता समितिले पहिलानै रकम नदिए चेकनै नदिने गरेको स्थानीय बासिन्दा राकेश यादवले तराई एक्सप्रेसलाई बताए ।
यमुनामाई गाउपालिकामा कहिलै नबस्ने झाले गाउपालिका र जिल्ला अस्पातलको चेक आफ्नै घरमा बसेर काटने गरेको र पहिला कमिशन त्यसपछि चेक भन्दै स्थानीयलाई गएको असारमा दुख दिएको स्थानीय उपभोक्ता समितिको भनाइ रहेको छ । अनियमिता र भ्रष्टचार गर्न माहिर रहेका झाले अनियमित तरिकाले आर्जन गरेको पैसाबाट चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानमा जग्गा जमिन जोडन सफल भएको स्थानीयको भनाइ रहेको छ । कार्यलय प्रमुखले भनेको कुरा नमान्ने झाले आफुले काटेको चेकमा हाकिमलाई सहि गराउन लगाउने गरेको भन्दै हाकिमलेनै गुनासो गर्दै आएकाछन् । गाउपालिका प्रमुख र कार्यलय प्रमुखले भनेको नमानेको भन्दै उनलाई यमुनामाईबाट हटाउनका लागि गाउपालिका प्रमुख काठमाण्डौ गएको भएपनि उनले मन्त्रालयमा मोटो रकम खुवाएका कारण उनको सरुवा गर्न कसैको दाल नगलेको गाउपालिकामा यतीबेला चर्चा छ । लेखापाल झा आर्थिक अनियमिता गरेर गाउपालिका र जिल्ला अस्पताल दुबै स्थानमा गन्हाइ सकेका छन् । उनले कमाएको अकुत संम्पत्तिको बिषयलाई लिएर यमुनामाई गाउपालिकाका केही स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने तयारी गरेकाछन् । गौैरका केही फेसबुके पत्रकारको आडमा झाको मनोमानी बढदै जान थालेपछि स्थानीयको भनाइ रहेको छ ।