मेटगालामा बलिउड अभिनेत्री आलिया भट्टसँग प्रबल । फाइल तस्वीर
काठमाडौं । प्रबल गुरुङ फेसन डिजाइनर मात्र होइनन्, उनी सामाजिक अभियन्तासमेत हुन् । काठमाडौंमा रहेको उनको सामाजिक संस्था शिक्षा फाउण्डेसनले बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ । गत साता न्युयोर्क फर्कनुअघि उनले यो संस्थामार्फत मधेशका महिलालाई फिल्म लेखनको तालिम सिकाएका थिए ।

प्रबललाई लिएर नयाँ खबर छ । उनले यसै साता सन् २०२४ को लागि नयाँ डिजाइनका पोशाक सार्वजनिक गरे । यी पहिरन बिक्रीको निश्चित हिस्सा बालबालिकाको शिक्षामा काम गर्ने उक्त फाउण्डेसनमा जाने उनले जनाएका छन् । उनले यसबारे थप कुरा पछि विस्तृत रुपमा सार्वजनिक गर्ने पनि बताएका छन् ।