चन्द्रपुर,३२ साउन ।
रौतहटको चन्द्रनिगाहपुरमा रहेको कृषि सामाग्री कंम्पनी लिमिटेडका लागि ल्याउदै गरेको मलखाद्य लुटने पाँच जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
४२०बोरा युरिया मल लिएर वीरगंजबाट चन्द्रनिगाहपुरका लागि हिडेको ट्रकलाई पाँच जनाको समुहले नियनत्रणमा लिएर लुटपाट गरेको थियो । ना ६ ख ९१९२ नम्बरको ट्रकलाई गुजरा नगरपालिका वाडनं २ मैरा कटानीको जंगलमा लगेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत साउन १४ गते वीरगंजको अशोक बिनायक ट्रान्पोर्टको गाडीमा लोड भएको मलखाद्य समयमा चन्द्रनिगाहपुर स्थित कृषि सामाग्री कंम्पनी लिमिटेडमा नआएपछि सो ट्रक चालकसंग सम्पर्क राख्दा चालक हरिकान्त पासवानले ट्रक मैराको जंगलमा बिग्रेको जवाफ दिएका थिए ।
१४ गते वीरगंजबाट लोड भएको ट्रक साउन २६ गते सम्म कृषि सामाग्री कंम्पनी लिमिटेडमा नआएको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान अगाडि बढाएको थियो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोईरालाका अनुसार प्रहरीले कृषि सामाग्री केन्द्र लिमिडेडको मलखाद्य लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका ६ कमलपटी बस्ने २८ बर्षको ट्रक चालक हरिकान्त पासवान ,गुजरा नगरपालिका वाडानं ९ सिमरा भवानीपुरका ४२ बर्षका कृष्ण चौधरी ,चन्द्रपुर नगरपालिका वाडनं ९ डुमरियामा ५० बर्षका लक्ष्मण चौधरी ,चन्द्रपुर नगरपालिका वाडनं १० बालचनपुरका २१ बर्षको छोटेलाल बैठा,गुजरा नगरपालिका २ का ३० बर्षका मुकेश महतो रहेका छन् ।
उनीहरुलाई चोरी तथा डाँका मुद्धामा जिल्ला अदालत गौरबाट म्याद थप गरेर अनुसन्धान थालिएको डिएसपी कोईरालाले जानकारी दिएकाछन् ।
मलखाद्य लुटपाटमा प्रयोग भएको २ थान ट्रेक्टर ,१०२ बेरा मलखाद्य समेत बरामद भएको प्रहरीले जनाएको छ । ट्रक चालक पासवानकै मिलेमतोमा चन्द्रनिगाहपुर ल्याउनुपर्ने मलखाद्य लोड ट्रक गुजरा नगरपालिकाको मैरा कटानीको जंगलमा लगेर उनीहरुले बिक्रि बितरण गरेका थिए ।








