रौतहट२७ चैत / बागमती सिँचाइ आयोजनाले नहर क्षेत्रभित्रका सबै अतिक्रमण ७ दिनभित्र हटाउन कडा चेतावनी दिएको छ। सार्वजनिक सूचना जारी गर्दै आयोजनाले “राइट अफ वे” भित्र बनेका घर, टहरा र अन्य संरचना तुरुन्त हटाउन निर्देशन दिएको हो।
आयोजनाका अनुसार नहर विस्तार तथा सिँचाइ प्रणाली सुदृढ बनाउन अतिक्रमण हटाउने अभियान सुरु गरिएको हो। तोकिएको समयभित्र संरचना नहटाए कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारिएको छ।
यस कदमसँगै नहर आसपास बसोबास गर्दै आएका स्थानीयमा त्रास फैलिएको छ भने सिँचाइ सुधारका लागि यो आवश्यक कदम भएको आवाज पनि उठ्न थालेको छ ।








