चन्द्रपुर,२५ असार÷ बिषाधीयुक्त तरकारी निर्बाधरुपमा भित्रायाउन अनुमति दिएको भन्दै सरकारको बिरुद्धमा रौतहटका विद्यार्थी देखिएका छन ।
ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब चेतराज बराल लाई मंगलबार नेबिसंघले ज्ञापन पत्र बुझाउदै बिषाधीयुक्त तरकारी र फलफुलको जाच भएर मात्र भित्रयाउन माग गरिएको छ । उक्त ज्ञापनपत्रमा बिषाधीयुक्त तरकारी र फलफुल भित्रयाउदा सम्बृद्ध नेपाल र सुखि नेपालीको कल्पना बिपरित रहने जनाइएको छ । दुई तिहाईको कम्युनिष्ट सरकारको यस्ता जन बिरोधी कार्यको सदैब नेपाल बिद्यार्थी संघले बिरोध गर्दै जनताको जनजीविकासंग प्रत्यक्ष सम्बन्ध राख्ने तरकारीको बिषाधी परिक्षण गरी नागरिकको स्वास्थ्य अनुकुल कार्य गर्न सरकार संग माग गरेको छ । नेपाल बिद्यार्थी संघले ईलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुर मार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाउदै कल्याणकारी कार्य गर्न अनुरोध गरेको छ । ज्ञापन पत्रका हस्ताक्षरकर्तामा नेपाल बिद्यार्थी संघका नीवर्तमान केन्द्रिय सदस्य नवराज देवकोटा र मोहम्मद फिरोज आलम रहेका छन । ज्ञापनपत्र बुझाउनेमा रौतहट जिल्ला कार्यसमितिका सदस्य एबम नेबिसंघ रौतटहका नेता सुमन गौतम, श्यामहरी चौलागाई, जन ज्योति बहुमुखी चन्द्रनिगाहपुरका स्ववियु सभापति संगम श्रेष्ठ लगाएतका थिए ।