गौर,२६ असार । सडक डिभिजन कार्यालय रौतहटले २ बर्ष अघि ठेक्का सम्झौता गरिसकेको धरहरी देवाही सडकको समयमा काम नहुदा जनता ले सास्ती भोग्नु परेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुखले त्यस तर्फ ध्यान नदिएका कारण यो बर्षायाममा स्थानीयले सास्ती खेप्नु परेको गुनासो बढेको छ ।
सो सडक निर्माण कम्पनि थ्रेगिंग निर्माण सेवा कैलालीको लापरबाहीको कारण धरहरी देवाही सडक खण्डको अवशथा अस्तब्यस्त बनेको स्थानीयको भनाइ रहेको छ । सम्बन्धित ठेकेदारले मोबिलाइजेसनको पैसा समेत लिएर समयमै काम नगरे पछि आवत जावत कठिन भएको छ । पैसा लिएर पनि काम नगर्ने ठेकेदार लाई सडक डिभिजन कार्यालयका प्रमुख दरोगा साहले उन्मुक्ति दिने काम गरेको स्थानीयको भनाइ रहेको छ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसाद साहले अबिलम्ब सो ठेक्काको काम गराउन नसकेको बताए । उक्त सडक खण्डमा समयमै सम्बन्धित ठेकेदारले काम नगर्दा सो क्षेत्रका आम जनतालाई यत्रा गर्न कठिन भएको छ । २०७६ असार २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।