रौतहट ३० असार । रौतहट । खेत बाट पानीको निकास बनाउने बहानामा जथाभावी गरीरहेको बाटो कटान रोक्नजाँदा कटहरिया नगरप्रमुख सियाराम कुश्वाहालाई दुबर््यवहार गरीएको छ ।
जंगलसैया गर्जाघाट सडकखण्डको जथाभावी कटान रोक्न गएका मेयर कुश्वाहा माथी स्थानिय केही मानिसले दुब्यवहार गरेका हुन ।
दुबर््यवहार गर्नेहरुमा कटहरिया १ का राजकुमार महतो, रामाज्ञा महतो,धुपलाल महतो र उनका घर परिवारका झण्डै एकदर्जन मानिस रहेको मेयर कुश्वाहाले बताएका छन ।
आईतवार अपरान्ह नगरक्षेत्र निरिक्षणको क्रममा जंगलसैया चौकदेखी गर्जाघाट लालबकैया नदीको पुल तर्फ जाँदै थिए ।
जंगलसैया र गर्जाघाट पुलको बिचमा मुख्य बाटोमा केही मानिस वारपार हुनेगरी कोदालोले खाल्डो खन्दै थिए ।
जिप बाट झरेर जथाभावी बाटो किन खनेको बाटोमा खाल्डो बनाएमा दुर्घटना हुन्छ त्यसो नगर्नस भन्नासाथ उक्त समुह दुब्यवहार तथा गालीगलौज गरेको मेयर कुश्वाहाले बताएका छन ।
अबिरल बर्षा र बाढी पछी कटहरिया क्षेत्रमा केही मानिसले जथाभावी बाटो खनेर दुर्घटनाको जोखिम बढाई रहेकाले त्यस्ता प्रबृतीका मानिसलाई कानुनी कार्यवाहीको दायरामा ल्याउन कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले स्थानिय प्रशासन संग माग गरेका छन ।