गरुडा,३० असार । सम्बन्धीत निकायले बजार अनुगमन नगरेका कारण जिल्लामा पछिल्लो समय ब्यापारीको मनोमानी बढदै जान थालेको छ ।
राज्यले किराना पसलमा र औषधी पसलमा मदिरा बिक्रि गर्न नपाउने बताएको भएपनि रौतहटका किराना पसलमा मदिराको समेत कारोवार हुने गरेको छ ।
नेपाल सरकारले प्रतिबन्ध गरेको ईनर्जी ड्रिग्स पनि जिल्लाको गरुडा बजारमा महंगो दरमा बिक्रि बितरण हुदा समेत सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको सर्बसाधारणको भनाइ रहेको छ । गरुडा उद्योग बाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरीले संचालन गरेको ओम ईन्टरप्राईजेजले रेडबुल महंगो मुल्यमा बिक्रि गरेको गुनासो बढेको हो । एक कार्टुन रेडबुलको होलसेल मुल्य २ हजार ८८ रुपैया र खुद्रा मुल्य २१ सय १९ रुपैया कायम रहेको भएपनि
ओम ईन्टरप्राईजेजले २४ सय कार्टुमा खुलेयाम बिक्रि बितरण गर्ने गरेको स्थानीयको भनाइ रहेको छ । गोर्खा ब्रुअरीको आधीकारीक बिक्रेतालेनै यसरी उपभोक्तालाई मार्ने काम गर्दा समेत सम्बन्धीत निकायले कुनै वास्ता नगरेको गुनासो बढदै जान थालेको छ । २०७६÷२÷२३ गते गोर्खा ब्रुअरीले राष्ट्रिय दैनिक पत्रिकामा सुचनानै निकालेर आफ्नो उत्पादनको होलसेल र खुद्रा मुल्य सार्बजनिक गरेको भएपनि व्यापारीका नेता चौधरीले भने महंगो मुलयमा रेडबुल बिक्रि गरेको हो । राज्यले किराना पसलमा मदिरा राख्न नपाउने निती बनाएको भएपनि ओम ईन्टरप्राईजेजमा एकै ठाउमा मदिरा देखी खाद्यय बस्तु समेत बिक्रि बितरण हुदै आएको छ ।