गौर,२ असार ।
सरकारमा रहेका दलका नेता ,मन्त्री तथा प्रतिपक्ष दलका नेताहरुले खाली हात रौतहटको बाढी पिडितको निरीक्षण गरेका छन् ।
जिल्लाका बाढी पिडितले नेताहरुले खाली हात आएर आश्वासन बांडेर फर्केको गुनासो गरेका छन् । बुधबार बिहानै सरकारमा रहेका दलका नेता तथा मन्त्रीले हेलिकप्टरबाट रौतहटको बाडीको अवस्था रहेका थिय ,भने प्रतिपक्ष दलका का“ग्रेसका सभापती शेर बहादुर देउवा सहितको टोलीले सिमार सम्म प्लेनमा आएर गाडीमा जिल्लाको अवस्था अनुगमन गरेका थिए ।
अविरल वर्षापछिको डुबान र बाढीबाट प्रभावित रौतहट जिल्लामा संघीयसरकारका मन्त्री र सांसदहरुको टोली हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी लिएका छन् । यता नेपाली काँग्रेस सभापती तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा सहितको टोलीले जिल्लाको लक्ष्मीपुर ,समनपुर ,पकाहा ,धरमपुर ,पिप्रा लगाएतको स्थानमा निरीक्षण गरेको थियो ।
पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन लगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकप्टरबाटै अनुगमन गर्दै नेपाली सेनाको पुरेन्वा स्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाइ बोलाएर जिल्लाको वस्तु स्थितिबारे जानकारी लिएका थिय ।
पुर्व प्रधानमन्त्री नेपालले बर्सेनी बाढीको चपेटामा पर्दै आएको रौतहट जिल्लालाई जोगाउनको लागि सरकारले दिर्घकालिन योजना बनाएर अगाडि बढनु पर्ने बताए । रौतहट पुर्व बगमती र पश्चिम बकैयाको बाढी विभिन्न गाउ हुदै सदरमुकाम नै बगाउने खतरा बढेकोले सरकार गम्भीर भएर लाग्न जरुरी रहेको उनले बताए । त्यस्तै टोलीमा रहेका गृहमन्त्री थापाले उद्धारको कार्य लगभग सकिएको बताए । उनले भने,उद्धारको काम सकिएकोले अब सरकार पुर्न्निर्माणतिर लागेको छ । त्यस्तै स्वास्थ्यमन्त्री यादवले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा तत्काल स्वास्थ्य शिविर र आवश्यक चिकित्सकहरूको टोली पठाइने जानकारी दिए ।
बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले दिएको तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ । अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ को रौतहट जिल्ला नराम्रोसंग प्रभावित भएको छ ।
यता प्रतिपक्ष दलका नेता तथा पुर्व प्रधानमन्त्री दउवाले सरकारले बाढी पिडितलाई राहत दिन ढिलाई गरेको बताए छन् । का“ग्रेस उपसभापति बिमलेन्द्र निधि ,केन्द्रीय सदस्य अफताव आलम ,जिल्ला अध्यक्ष कृष्ण प्रसाद यादव ,रौतहट क्षेत्रनं ४ का सांसद देव प्रसाद तिमलसिना सहितको टोलीले जिल्लाको बिभिन्न स्थानमा बाढीबाट भएको क्षतीको निरीक्षण गरेको थियो । रौतहट बाढी पिडित सम्म अहिले सम्म केन्द्र सरकार र प्रदेश सरकारको राहत नआएको पिडितहरुले गुनासो गरेका छन् ।
जिल्लाका अधिकांस साना तथा एक तले घर डुवानमा परेपछि खाद्ययान्यको संकट परेको पिडितहरुले बताएका छन् ।