अशोक पहाडी
गौर,४ साउन ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा मात्र दुई हजार घरधुरी बाढीबाट प्रभावित भएको छन् ।
सो नगरपालिकामा बाढीबाट प्रभावितका लागि नगरपालिकाले सक्दो सहयोग गर्दे आएको नगर प्रमुख सन्तोष मेहताले जानकारी दिएका छन् । नगरपालिका क्षत्रभरीका एक तले घर र फुसका घरमा धेरै क्षती भएको महताको भनाइ रहेको छ ।
प्रदेश सरकार र केन्द्र सरकारको बजेट नगरपालिकामा आउन ढिलाइ भएपछि नगर प्रमुख मेहताको सक्रियतामा नगरपालिकाकाले बिभिन्न स्थानमा राहत बा“डदै आएको नगर प्रमुख मेहताको भनाइ रहेको छ ।
नगर प्रमुख मेहताले शनिबार नगरका बिभिन्न स्थानमा तत्कालका लागि राहत बाडेका छन् । नगर प्रमुख मेहताले ईशनाथ नगरपालिकाको वाडनं ३ को अ‍ैरैया र बन्जराहमा राहत बांडेका छन् ।
ईशनाथ नगरपालिकामा जाने बाटोहरु समेत बाढीका कारण भत्केका कारण बिभिन्न संघ संस्थालाई राहत लिएर जान समस्या भएको नगर प्रमुख मेहताको भनाइ रहेको छ ।
सो नगरपालिकामा पछिल्लो समय आरडिसी नेपाल नामक गैरसरकारी संस्थाले राहत वितरण गरेको र नगरपालिका आफैले पिडितलाई राहत बांडेको हो ।