गौर,१७ साउन / लाल बकैया नदीमा आएको बाढीले पुर्वी र पश्चिमी तट्बन्धको ९ स्थानमा भत्किएको छ । बजेट नहुदा त्यस भेगका बासिन्दाहरु पुन बाढी आउन सक्ने सम्भावनाबाट जनताहरु त्रसित बन्दै आएका छन् । स्थानीय बासिन्दाहरुले भत्किएको तट्बन्धलाई मर्मत गरेर आफुहरुलाई बाढीको त्रासबाट जोगाउन सम्बन्धित निकायसंग आग्रह गर्दे आएका छन ।
असार २७ र २८ गते लाल बकैया नदीमा आएको बाढीबाट गौर नपाको महादेवपर्टीमा ३२ मिटर, देवाही गोनाही नगरपालिकाको दोहरटोलमा २ सय २५ मिटर, करुनियामा ४२ मिटर, कटहरियामा १सय ५५ मिटर, बुनियाद ३७ मिटर, लक्ष्मिपुरमा २७ मिटर तेजापाकडमा ४सय ४२ मिटर, इनर्वामा ६० मिटर र वैरियामा २ सय मिटर गरी ९ स्थानमा १२ सय २० मिटर तट्बन्ध पूर्ण रुपमा बगाएको थियो ।
बागमती नदीले गढीमाई नगरपालिकाको लक्ष्मिपुरमा ३९ मिटरको बाध कटान गरेको, रादेवी नगरपालिकाको व्रम्हपुरी, बसतपुर दुर्गा भगवती गाउपालिकाको बडहर्वा र मत्सरीमा गरी एक किलोमिटर बाध कटान गरेका थियो ।
सर्लाही तर्फ धुर्वामा १ सय २० मिटर, मानपुरमा ४७ मिटर बाध फुटेको छ भने राजघाट र हजरियामा १३ सय मिटर बाध छेउको जग्गा कटान गरिसकेको वागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालयले जनाएका छन् ।