गौर,१७ साउन / प्रदेश नं २ का भुमि व्यावस्था,कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले असार अन्तिम हप्ताको बाढीले भत्काएका बाटाहरु तत्तकाल बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सरकार ,केन्द्र सरकार र स्थानीय गरी तीनवटै सरकारले बाटो निर्माणलाई प्रथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
जिल्लाका अधिकांस ग्रामिण सडक बाढीले बगाएपछि राज्य मन्त्री यादव केही दिन देखी आफै बाटो बनाउन लगाउने कार्यमा सक्रिय भएर लागेका छन् । बाढीले बगाएर क्षती गरेका भौतिक संरचनाको पुनर्निर्माण कार्य रौतहटमा अति आवश्यक रहेको समेत उनको भनाइ रहेको छ । स्थानीय तह , प्रदेश सरकार र संघीय सरकारको संयुक्त सहकार्यमा रौतहटका सम्पुर्ण निकायमा भत्किएका सडक , पुल, भौतिक संरचना पुनर्निर्माणका लागि सबै अग्रसर हुनुपर्नेमा राज्य मन्त्री यादवले जोड दिएका छन । रौतहट क्षेत्र नं १ को ख निर्वाचन क्षेत्र अन्तर्गत भलोहिया फुलवरियामा बाढीले भत्काएको सडक पुनर्निर्माण कार्य समेत आफ्नै सक्रियतामा भएको राज्य मन्त्री यादवले बताए ।