अशोक पहाडी
माधोनारायण,२६ साउन / बाटोघाटो, पुल पुलेसा, विजुली वत्ती, शिक्षा स्वास्थ्य लगायतको क्षेत्रमा अति नै पिछडिएको रौतहटको माधवनारायण नगरपालिकामा विस्तारै सवै क्षेत्रमा सुधार हुदै गएको छ ।
स्थानीय तहको अवधारणा संगै निर्वाचित पदाधिकारीहरु जनताहरुको आधारभुत आवश्यक्तालाई मध्यनजर राख्दै विकास निर्माणको कार्यहरु द्रुत गतिमा बढाएको पाइएको हो । नगरपालिकाको कार्यालय सम्म पुग्ने बाटो थिएन, विजुली वत्तीको समुचित रुपमा व्यवस्थापन थिएन, स्वच्छ खानेपानीको चरम अभाव थिएन लगयातको आम जनतालाई चाहिने सामान्य भन्दा सामान्य सेवा सुविधा उपलब्ध नभएको उक्त नगरपालिका स्थापना भएको दुई आर्थिक बर्षमा विस्तारै विकासको गति लिएर सवै क्षेत्रमा सुधार भएको पाइएका छन् ।
पक्कि नाला ५८० मिटर, इटाको नाला १३६२ मिटर, नयँ सडकको टूयाक निर्माण मोटो पुरेर १२ किलोमिटर, साढे तिन किलोमिटर ग्रावेल सडक निर्माण, सडक ढलान पिसिसी ५ किलोमिटर, सडक ढलान आरसिसि ४ सय मिटर, एउटा बजार सेड निर्माण, २ वटा सामुदायिक भवन र २ वटा विद्यालय भवन निर्माण गरिएको छ ।
जसमा गत आर्थिक बर्षको १२ करोड रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिए ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ र केही भु भाग ३ मा पर्ने त्यस नगरपालिकाको भौगोलिक अवस्था वागमती नदी र झाझ नदीबाट घेरिएको छ । विगतका दिनमा नगरपालिका कयौं सांसद, मन्त्री भए तर बाटोघाटो लगायत जनतालाई चाहिने सामान्य सुविधाको ख्यान गरिएन ।
स्थानीय तहको निर्वाचन भए पश्चात विकासको गतिबाट विमुख भएका नगरलाई राम्ररी बनाई जनतालाई सेवा सुविधा प्रदान गर्न गरिएको अथक प्रयासका कारण आज माधवनारायण नगरपालिकामा विकास कार्यहरु भएको प्रमुख प्रशासकीय अधिकृत कायस्थले बताए ।
नगरपालिकको मेयर विरेन्द्र राय यादवले अपयाक स्थानमा कार्यपालिकाको कार्यालय स्थापना गरिएको भएपनि सबै जनप्रतिनिधिहरुको अथक प्रयास एवं मेहनेतको नतिजा आज नगरमा विकासको कार्यहरु द्रुत गतिमा अघि बढेको बताउदै गत आवमा केही संघिय र प्रादेशिक बजेटबाट विकास कार्यहरु भएपनि नगरपालिकाको समुचित बजेट सडक, नाला, सामुदायिक भवन, विद्यालय, लगायतका पूर्वाधार निर्माण गर्न लागिपरेको बताए । आफनो कार्यकाल अवधी भरीमा माधवनारायण नगरपालिकामा विकास निर्माणको गतिमा १८ वटै नगरपालिकामा टप दोश्रो स्थानमा रहने लक्ष्यका साथ अघि बढेको उनले स्पष्ट पारे ।
नगरको विकास कार्यमा सम्पूर्ण जनप्रतिनिधि, नगरका बासिन्दाहरुको अथक प्रयासका कारण नगरमा विकासको गति लक्ष्यमा पुग्ने विश्वास व्यक्त गरे ।