चन्द्रपुर,४ भदौ / रौतहट क्षेत्रनं ४ का संघिय सांसद देव प्रसाद तिमलसिनाले सरकारले रेलको मुअब्जाका बारेमा तत्काल ध्यान दिर्ने पर्ने बताएका छन् । मंगलबार सांसद तिमलसिनाले सदनमा आफ्नो भनाई राख्ने क्रममा रौतहटका रेलवेमा पर्नेको जमिनको उचित मुअब्जा नदिएका कारण जग्गा धनीहरु पिडित बनेको बताएका हुन् । तिमलसिनाले राजमार्गसंग जोडिएको जमिन र भित्री जमिनको मुख्य एकै प्रकारले जमिनको मुल्य निर्धारण गरेकाले रेलमा जमिन पर्नेहरु पिडित बनेको बताएका थिय । सदनमा आफ्नो भनाई राख्दै तिमलसिनाले राज्य तथा प्रदेश सरकारका तर्फबाट रौतहटका बाढिपिडितलाई अहिले सम्म उचित राहत नदिएको समेत सदनलाई जानकारी गराएका थिय । तिमलसिनाले रेलको लिकमा जमिन पर्नेलाई सरकारले दिने भनेको मुअव्जामा तत्काल पुनर बिचार नगरेमा त्यहां समेत अर्को आन्दोलन हुन सक्ने भएकाले राज्य त्यस तर्फ समयमै ध्यान दिनुपर्नेमा जोड दिएका थिय । रौतहटको समग्र बिकासका बिषयमा सांसद तिमलसिनाले पटक पटक आफ्ना कुरा राख्दै आएको भएपनि रौतहटको बिषयमा सरकारको ध्यान जान नसकेको तिमलसिनाको भनाइ रहेको छ ।