चन्द्रपुर,९ भदौ / समाजवादी पार्टी नेपालले पार्टीको युवा बिभागको प्रमुखमा रौतहटका प्रदेश सांसद ,प्रदेश २ को कृषि,सहकारी तथा भुमि ब्यावस्था राज्य मन्त्री योगेन्द्र राय यादवलाई जिम्बेवारी दिएको छ । रौतहटका युवा नेताको रुपमा राम्रो छबी बनाउदै आएका राज्य मन्त्री यादवलाई आईतबार पार्टीको केन्द्रिय कमिटिको निर्णयबाट युवा संघको अध्यक्षको जिम्बेवारी दिएको हो । पार्टीको केन्द्रिय कार्यालय ठमाण्डौमा भएको युवा भेलाबाट यादवलाई सर्बसम्मत रुपमा जिम्बेवारी दिएको राज्य मन्त्री यादवले बताए । गत असारमा आएको बाढीका बेला आफ्नै पकेटबाट बाढिपिडितलाई राहत बांडेर थप चर्चमा आएका यादवले आफुले पाएको जिम्बेवारी पुर्ण रुपमा निर्वाह गर्ने बताएका छन् ।