चन्द्रपुर,९ भदौ / नेकपा रौतहटका प्रभावशाली नेता प्रभु साहका बिरुद्ध केही दिन पहिला अर्का नेता तथा पुर्व सांसद अशोक जयसवालले पत्रकार सम्मेलननै गरेर कार्वाहीको माग गरे । नेता तथा रौतहट क्षेत्रनं ३ का सांसद समेत रहेका पुर्व मन्त्री साहले नेकपा प्रदेश २ को अध्यक्षबाट राजिनामा दिएको भोलिपल्टै बुधबार अशोक जयसवाल सहितका पुर्व माओावादी पक्षधरले उनलाई कार्वाही हुनुपर्ने माघ अधि सारे । तर साहको राजिनामा पार्टीबाट अस्विकृत हुने भएपछि बिरोधी पनि यातीबेला चुप रहेका छन् । नेकपाका प्रदेश २ का अध्यक्ष एवं सांसद प्रभु साह जति चर्चित छन् त्यतिनै बेला बेलामा विवादमा पनि आइरहन्छन । वीरगन्जको अशोक बाटिकास्थित शिव(पार्वती मन्दिर परिसरमा विश्व हिन्दु युवासंघ पर्साका अध्यक्ष तिवारीलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी हत्या गरेका थिए । सो घटनामा साहको नाम जोडिएको थियो । सोही बिषयलाई लिएर साहले नैतिकताका आधारमा भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिय । पछि महान्यायधिवक्ताको कार्यालयबाट सफाइ पाएका थिय । द्वन्द्वकालमा उनी मातृकाप्रसाद यादवसंगै मधेसमा माओवादी विस्तार गर्न खटिएका थिए । साह तत्कालीन प्रधानमन्त्री बाबुराम ट्टराईको विश्वासपात्र मानिन्थे । भट्टराई माओवादीबाट अलग भएपछि साह तटस्थ बसे । पछि उनी नेकपा अध्यक्ष दाहालनिकट भए । र, मन्त्री पनि बने । रौतहटमा प्रभाव बलियो बनाउने अभियानमा लागे । यतिबेला उनी नेकपाको प्रदेश २ अध्यक्ष बनेर झन् प्रभावशाली देखिएका छन । साबिक मौलापुर गाविस घर भएका साहकी श्रीमती कविता साह मौलापुर नगरपालिकाकी मेयर हुन । युद्धकालमा समेत उनी माओवादीको महिला संगठनमा कार्यरत थिइन । प्रभु साहले श्रीमतीलाई मेयरको टिकट दिएको भन्दै नगरपालिकाका विद्यार्थी नेता धीरज पटेलले पार्टी त्यागेका थिए ।पटेल माथि राजनीतिक पूर्वाग्रह गरेकाले उम्मेदवार हुनबाट साहले वञ्चित गराएर आफ्नै श्रीमतीलाई मेयरको टिकट दिएको लगाएतका आरोप गत बुधबारकोको पत्रकार सम्मेलनमा अशोक जयसवालले लगाएका थिय । साहले नातावाद र कृपावाद गरेर पाखा लगाउने काम गरे,पत्रकार सम्मेलनमा उनले भने, राजनीतिक वृत्तमा उनी हाबी हुन थालेपछि माओवादीका पुराना नेता विन्देश्वर यादवले समेत पार्टी परित्याग गर्न बाध्य बनाईएको आरोप लगाईएको थियो । समयलाई चिन्न सक्ने प्रभु साहको राजिनामा अस्विकृत संगै जिल्लामा उनका बिरोधी चुपचाप छन् । माओवादीले विस्तार गरेको मधेसी राष्टिूय मुक्ति मोर्चाको तत्कालीन महासचिव भएपछि साहले माओवादी नेतृत्वसंग सम्बन्ध बलियो बनाएको जानकारहरु बताउछन् । युद्धका बेलाका सहकर्मी अशोक सवाल,विन्देश्वर यादवसंग सम्बन्ध बिग्रिएपनि उनले जिल्लामा बिकास प्रेमी नेताको छबी बनाउदै आएका छन् । जिल्लामा सडक बिस्तार तथा ग्यास चुल्हो बितरणमा साहले रेकर्डनै कायम गरेको नेकपाका नेता तथा कार्यकताले बताएका छन् । आफ्नो क्षेत्रका सबैजसो नगरपालिका तथा वडाका महिलाहरुमा आगोमा खाना पकाउदा स्वास्थ्यमा असर गर्ने भन्दै साहले थालेको ग्यास ,चुल्हो बिराणको पछिल्लो समय अन्य नेताले समेत अनुसरण गर्न थालेका छन् । पछिल्लो समय शनिबार साहले रौतहटसंग सिमा जोडिएको बिभिन्न स्थानमा भारतले ड्याम बनाउने नाममा अग्लो सडक बनाएको भन्दै त्यसको बिरोध गरेका छन् । भारतले बनाएको बांधका कारण हरेक बर्ष रौतहटका जनता डुवानमा पर्ने गरेका छन् । त्यसका बिषयमा देशका ठुला दलले आवाज नउठाइ रहेको बेला रौतहट क्षेत्रनं ३ का सांसद तथा पुर्व मन्त्री प्रभुले बांध निर्माणको काम तत्काल रोक्न सम्बन्धीत पक्षसंग आग्रह गरेका छन् ।