चन्द्रपुर,९ भदौ / बर्दिबास निजगढ रेलमार्गमा परेको जमिनको मुअब्जा कम भएको भन्दै आईतबार गृहमन्त्री राम बहादुर थापा समक्ष ज्ञापन पत्र बुझाईएको छ । मुआब्जा सम्वन्धि विवाद जिल्ला प्रशासन कार्यालयले मिलाउन नसकेपछि रौतहटमा जग्गा धनीले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । रेलमार्गमा जमिन पर्ने जग्गाधनिले जमिनको उचित मुल्य पाउनुपर्ने बताउदै ज्ञापनपत्र बुझाएको मुअब्जा बढाउन संघर्ष समिति रौतहटका संयोजक दिनेश सापकोटाले बताए ।
सरकारले पनि मुआब्जा रकम निर्धारण गर्दा न्यायोचित हुने गरिजमिनको बर्गिकरण गरि जमिनको मुल्य तय गर्नु पर्नेमा त्यसो नगरेको सापकोटाको भनाइ रहेको छ । नेपाला नागरिकलाई ब्यक्तिगत सम्पतिको अधिकार छ । नगरेको बर्तमान सन्दर्भमा जनताले उचित मुआब्जा माग्नु सान्दर्भिक भएको भएपनि जिल्ला स्थित सम्बन्धीत निकायले चासो नदिएपछि संघर्ष समिति गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन राजधानी पुगेको हो । केन्द्र सरकार,प्रदेश सरकार वा स्थानीय सरकारले ब्यक्तिको सम्पति माथिको अधिकार बारे थोरै पनि अध्ययन नगरी जमिनको मुअब्जा तय गरेको र त्यसमा आफुहरुको चित्त नबुझेका कारण आफुहरु राजधानी पुगेका समितिका सदस्यहरुको भनाइ रहेको छ । चलन चल्तीको मुल्य भन्दा कम मुअब्जा दिने भएपनि रौतहटको रंगपुर ,चन्द्रपुरका जग्गा धनीले आफुहरु पिडित भएको भन्दै यस भन्दा पहिला पनि प्रमुख जिल्ला अधिकारी मार्फत बिभिन्न स्थानमा ध्यानकर्षण गराउदा समेत सुनुवाई नभएपछि आफुहरुले बाध्य भएर गृहमनत्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको संयोजक सापकोटाले बताए । पुर्वपश्चिम जोडने गरि सरकारले रेल विभाग गठन गर्दै काम अघि बढाउदै जादा कतिपय जिल्लामा जमिनको मुअब्जाको बिषयमा बिवाद उत्पन्न भएको छ । गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेकपा चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य समेत गएका थिय ।