चन्द्रपुर,२१ कार्तिक / चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाको चरम लापारवाहीका कारण नगरभित्रका सामुदायीक विद्यालयको अवस्था नाजुक बन्दै जान थालेको छ । नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका विद्यालयको नियमित अनुगमन तथा शिक्षाको स्तर ,खाजा कार्यक्रमको प्रभावकारीताका बिषयमा चासो नराखेका कारण सामुदायिक विद्यालयको स्तरमा गिरावट आउन थालेको हो । सरकारले पांच कक्षा भन्दा मुनि अध्यान गर्ने विद्यार्थीका लागि खाजा कार्यक्रम अन्र्तगत एकजना विद्यार्थी बराबर १५ रुपैयाका दरले पैसा उपलब्त्र गराएको भएपनि चन्द्रपुर नगरका अधिकांस विद्यालयले खाजाको नाममा विद्यार्थीलाई जंकफुड खुवाउने बानी बसाउदा समेत नगरपालिकाको शिक्षा शाखाका कर्मचारीले ध्यान नदिएको अभिभावकहरुको गुनासो रहेको छ । सरकारले कक्षा ५ सम्म पढने विद्यार्थीका लागि दैनिक खाजा कार्यक्रम अन्र्तगत ,जाउलो ,चना ,खिर खुवाउनका लागि प्रति विद्यार्थी दैनिक १५ रुपैयाका दरले पैसा दिने गरेको छ । केही विद्यालयले पकाएर खुवाउन खर्चिलो र झण्झटीलो हुने भएका कारण विद्यार्थीलाई पांच रुपैयाको बिस्टकुट बांडेर एक विद्यार्थी बराबर १० रुपैया शिक्षकहरुले खाने गरेको समेत गुनासो आउने गरेको भएपनि शिक्षा शाखाले कुनै वास्ता नगरेको अभिभावकहरुको भनाइ रहेको छ । खाजा कार्यक्रमबाट सामुदायीक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन सरकारले यो निती ल्याएको भएपनि चन्द्रपुर नगरपालिकामा खाजा कार्यक्रम पछि विद्यार्थीनै वढन नसकेको ती विद्यालयहरुले जनाएका छन् । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखामा उप सचिवको दरबन्दी रहेको र त्यो दरबन्दीमा कृष्ण प्रसाद सिग्लेल आएपछि चन्द्रपुर नगरपालिकाको शिक्षाको स्तर झनै खस्कन थालेको एक शिक्षले बताए । चन्द्रपुर नगरपालिकामा ४६ वटा सामुदायीक विद्यालय मध्य २३ वटा प्राबि मात्र रहेका छन् । सबै विद्यालयमा खाजा कार्यक्रम लागु भएको भएपनि नगरपालिकाको शिक्षा शाखाको चरम लापारवाहीका कारण विद्यार्थीको संख्या बढन नसकेको र शिक्षाको अवस्था समेत खस्कदै गएको शिक्षक गगनदेव यादवले बताए । नगरपालिकाको शिक्षा शाखा हेर्ने सिग्देलले चन्द्रपुर नगरपालिकाका मेयरका भाईनै अध्यक्ष रहेको सुबलाल भागवत माध्यमिक विद्यालयमै खाजाका नाममा बिस्कुट बांडेको भेटेपनि कुनै कार्वाही नगरेको एकजना कर्मचारीले बताए । चन्द्रपुर नगरपालिकाको निमित्त कार्यकारी पाएका सिग्देलले मेयरका भाई अध्यक्ष र प्रधानाध्यापक रहेको सो विद्यालयलाई केही भने आफ्नो निमित्त पदनै खुस्कने डरले केही नबोलेको ती कर्मचारीले बताए । २३ वटा प्राथमिक विद्यालयहरु मध्य अधिकांसले पांच रुपैयाको बिस्कुट र १० रुपैयाको चाउचाउ खाजाका नाममा बितरण गरेर आर्थिक अनियमिता गर्ने गरेको पाईन्छ । चन्द्रपुर नगरपालिकामा मात्र पांच कक्षा भन्दा तल बढने करिव ८ हजार विद्यार्थी रहेका छन् । १५ रुपैयाका दरले प्रति विद्यार्थी आउने रकममा एक जना विद्यार्थीलाई ५ रुपैयाको बिस्कुट दैनिक बांडदा दिनमा १० रुपैयाका दरले ८० हजार रकम दिनमै हिनामिना हुदा समेत शिक्षा शाखा मौन बस्नुमा उनीहरुको मिलेमतोको शंका रहेको स्थानीय अभिभावक रबी थापाले बताए । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले खाजाको नाममा अनियमिता भएको पाईए त्यस्ता विद्यालय माथि कडा कार्वाही गर्ने बताए । केही महिना पहिला चन्द्रपुर नगरमा आएका कार्यकारी प्रमुख बलराम ढकालले शिक्षा शाखा प्रमुख सिग्देलको नाममा नगरपालिकाको बैंक खाजा खोलिदिएका थिय । आफ्ना नाममा बैंक खाता भएपछि सिग्देलले चेकमा सहि गर्ने बाहना बनाउदै बस्ने गरेको र विद्यालयको अवस्थाका बारेमा कुनै ध्यान नदिएका कारण चन्द्रपुर नगरको शिक्षा बिग्रदै गएको शिक्षकहरुले बताएका छन् ।