जनकपुरधाम,२५ मंसिर । झुटो विवरण पेश गरी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयका पुगेका भारतीय ज्वाइँ र ससुरा पक्राउ परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका २ का जीतनारायण यादबले भारतीय ज्वाइँलाई छोरा भन्दै नागरिकता बनाउन पुगेका थिए। नागरिकता बनाउने बेलामा कर्मचारीलाई कागजातमा शंका लागेपछि जीतनारायण र उनका ज्वाइँ भारत विहार राज्यको मुजफरपुरका सुनिलकुमार यादबलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले पक्राउ परेका दुवै जनामाथि प्रारम्भिक अनुसन्धान गर्दा जीतनारायणले छोरा भनेर ज्वाइ सुनिललाई नागरिकता बनाउन खोजेको बताए ।