फिल्म चालबाजको छायांकन दार्जिलिङबाट सुरु भएको छ । शनिबारदेखि फिल्मको छायाकन दार्जिलिङबाट सुरु भएको निर्माता अरुण तामाङले जानकारी दिए ।
सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्देशक कैलाश राई हुन् ।
केकी अधिकारी, वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहेन फिल्ममा मुख्य महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ । सौरभ लामाको छायाँकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहने फिल्ममा प्रोडक्शन म्यानेजर सुदीप ढकाल हुन् ।
सस्पेन्स लभ स्टोरी कथामा फिल्म बन्न लागेको निमार्ण युनिटले जानकारी दिएको छ ।