अशोक पहाडी
रौतहट,१ पुस । जिल्लाको बृन्दावन नगरपालिका वडा नं. ९ का ३९ बर्षिय युवा प्रवेज आलमले मेवा खेति शुरु गरेका छन् । भुसाहा कृषि तथा पशुपन्छी विकास फर्म दर्ता गरी व्यवसायीक रुपमा मेवा खेति शुरु गरेका हुन् । करिव ३ विगाह क्षेत्रफलमा रेड लेडी ७८६ ताईवान जातको मेवा रोपेका छन् । वैशाखमा रोपिएको मेवाले फल दिन थालेको छ । भारतबाट मेवाको बिरुवा ल्याएर व्यवसायिक रुपमा नै शुरु गरेको कृषि फर्मका संचालक प्रवेज आलमले बताउनुभयो । स्थानिय नदि तथा पम्सेटको प्रयोग गरेर सिचाई गर्ने गरेको उहाँको भनाई छ । करिव १५ लाखको लागतमा मेवा खेति गरेको र बार्षिक २५ देखि ३० लाख सम्म आम्दानी हुने उहाँले बताउनुभयो । मेवा रोपेको ९ महिनामा फल दिने र २बर्ष देखि ३ बर्ष सम्म मेवाले फल दिई रहने उहाँले जानकारी दिनुभयो । २५ देखि ३० प्रतिशत मेवा स्थानिय स्तरमा नै खपत हुने र अन्य काठमाण्डौ तथा अन्य शहरमा हुने उहाँले बताउनुभयो । अहिले एउटा मेवाको बोटमा ५ देखि ६० केजी सम्म मेवा उत्पादन भएको उहाँले बताउनुभएको छ । यस बर्ष अनुमानित बार्षिक १ लाख केजी उत्पादन हुने अनुमान उहाँको छ । तर एउटा बोटमा एक क्विटल सम्म मेवा उत्पादन हुने जानकारहरु बताउछन् । बैदेशिक रोजगारीबाट आएर यस व्यवसाय गरेको र अझै बिस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । करिव ४ विगाहमा थप मेवा खेती गर्ने योजना उहाको छ । विभिन्न प्रविबिाट मेवा खेतीका बारेमा जानकारी लिएर खेतीको शुरुवात गरीएको उहाँको भनाई छ । अहिले मेवा खेती का लागि स्थानिय केहिलाई रोजगारी समेत दिएको उहाँले बताउनुभयो । यस अघि मौलापुर नगरपालिकाको सोरनियामा रामईश्वर पंण्डितले पनि मेवा खेति गरेका छन् । करिव १० कट्ठा जमिनमा मेवा खेति गरेको र आम्दानी राम्रो रहेको उहाँले बताउनुभयो ,। फतुवाविजयपुर नगरपालिकामा पनि केहि युवाले व्यवसायिक रुपमा मेवा खेति गरेका छन् । पछिल्लो समयमा रौतहटका युवाहरु मेवा खेति तर्फ आकर्षित हुन थालेका छन् ।