चन्द्रपुर,१० पुस / चोचा ईलाका वनमा पछिल्लो समय काचा सालका लाथ्रा काटेर ईट्टा भट्टामा लाने क्रम बढेको छ ।
वन कर्मचारीको मिलेमतोमा काचा सालका लाथ्रा काटेर इट्टा भट्टामा लगेर बिक्रि बितरण गर्ने क्रम बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
चोचा सव डिभिजन कार्यालयका कर्मचारीको मिलेमतोमा काचा सालका लाथ्रा स्थानीय इट्टा भट्टामा जाने क्रम बढेको हो । चोचा ,संगलसहिया र बृन्दावनको वन क्षेत्रबाट दाउराको नाममा काचा सालका लाथ्रा स्थानीय इट्टा उद्योगमा जाने गरेको छ । स्थानीयले वनबाट काटेर लगेको कांचा सालका लाथ्रा स्थानीय इट्टा उद्योगमा किलोका हिसावमा बिक्रि हुने गरेको एक स्थानीयले बताए । चेतनगर वनबाट काटिएको कांचा सालका लाथ्रा धनगढीमा रहेको इट्टा उद्योगमा बिक्रि बितरण हुने गरेको छ । वन कर्मचारीले नियमित रुपमा वन गस्ति नगरेका कारण दाउराको नाममा कांचा सालका लाथ्रा काटिने क्रम रोकिन नसकेको स्थानीय बिनोद चौधरीले बताए । डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले कर्मचारीकै मिलेमतोमा त्यस्तो भएको भए सम्बन्धीत कर्मचारी माथि कार्वाही गर्ने बताए । चोचा र जंगलसहियाको वनबाट पछिल्लो समय ब्यापक रुपमा काचा सालका लाथ्रा दाउराको नाममा स्थानीय इट्टा उद्योगमा जाने गरेको स्थानीय बासिन्दा किशोर चौधरीले बताए ।