चन्द्रपुर,१३ पुस / शुक्रबार चन्द्रनिगाहपुरबाट काठमाण्डौ जादै गरेको सुमो दुर्घटना भएको समाचार फैलियो । समाचार समाजिक संजाल र अनलाईनमा आउन थालेपछि स्थानीयको भिड शिखरापुर सुमोको काउन्टरमा लाग्यो ।
बिहान सुमो चढेर काठमाण्डौ गएकाहरुका आफन्त काउन्टरमा गएर हेर्दा दुर्घटना भएको सुमोमा चढेका यात्रुको नाम नत टिकटमा थियो ,नत चलानमै थियो ।
चलानमा गाडी नम्बर र पैसा मात्र उल्लेख थियो । टिकट बिना कर्वन काटिएको थियो ।
स्थानीयको भिड लागेपछि चन्द्रनिगाहपुर गौरजाने बाटोमा टेवल राखेर काउन्टर संचालन गरेकानै बेपत्ता भएका थिय ।
चन्द्रनिगाहपुर बाट काठमाण्डौ जाने अधिकांस सुमो काउन्टरको अवस्था यस्तै रहेको छ ।
चन्द्रनिगाहपुरबाट काठमाण्डौ जाने सुमो अधिकांस थोत्रा रहेको स्थानीयको भनाइ रहेको छ ।
थोत्रा सुमो र लावारिस काउन्टरका कारण सर्वसाधारण ज्यान धरापमा परेको भन्दै सामाजिक संजालमा आलोचना हुन थालेको छ । मकवानपुरमा शुक्रबार दिउसो भएको सुमो दुर्घटनामा चन्द्रपुर ४ का मनिस बिक ,उनकी श्रीमती श्रृजना बिकको ज्यान गएको हो । त्यस्तै चन्द्रनिगाहपुरका केदारनाथ तिमलसिनाको समेत ज्यान गएको थियो । अन्य दुईजना गरी सो दुर्घटनामा पाच जनाको ज्यान गएको हो ।
केही जानकारहरुका अनुसार कुलेखानी फर्किङ रोडमा चल्ने सुमो चालकलाई मापसे नभएर लापसे चेकिङ गर्नुपर्ने माग उठन थालेको छ ।
दुर्घटनामा को को परे भनेर चन्द्रनिगाहपुर स्थित काउन्टरमा भिड लागेको भएपनि जाने यात्रुको कुनै अभिलेख काउन्टरमा थिएन् । यस तर्फ समेत प्रहरी र ट्राफिकले ध्यान दिनुपर्ने स्थानीय रबी रानाको भनाइ रहेको छ । दुर्घटना न्युनिकरणका लागि पुराना सुमो चलाउन कडाइ गर्नुपर्ने आवाज उठन थालेको छ ।