जनकपुर,१७ पुस / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित प्रादेशिक अस्पताल निरीक्षण गरेका छन् । मुख्यमन्त्रीको साथमा पुगेको अस्पताल निरीक्षण टोलीमा विभागीय मन्त्री, सचिवसमेतको सहभागिता थियो । अस्पतालमा उपचाररत् बिरामीहरूसँग अस्पतालको सेवाबारे कुराकानी गरे । मुख्यमन्त्री राउतले अस्पतालको सेवा सुविधा, सरसफाईबारे चासो राखेका छन् । अस्पताल प्रशासनलाई नमूना अस्पताल बनाउन कार्य योजना तयार पार्न उनले निर्देशन दिए । जनकपुर अस्पताल प्रदेशकै गौरव रहेको भन्दै मुख्यमन्त्री राउतले सरकारी अस्पतालमाथि नागरीकको विश्वास बढ्ने कार्य गर्न निर्देशन दिएका छन् । उनले भने,“नमूना अस्पताल बनाउन तत्कालिक, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुस्। प्रदेश सरकार त्यसमा सहयोग गर्न तयार छ । प्रदेश सरकारले प्रादेशिक अस्पताललाई प्राधिकरणमा लैजाने गृहकार्य भइरहेको जानकारी गराउदै मुख्यमन्त्री राउतले उपचार सेवालाई गुणस्तरीय र विश्वासिलो बनाउन जोड दिए ।