गरुडा,५ माघ / बेमौसमी बर्षाको कारण रौतहट स्थित ईट्टा उत्पादक व्यवसायीलाई ठुलो क्षती भएको छ । बिहीबार र शुक्रबार दुई दिन भएको वर्षाका कारण रौतहटमा करोडौको ईट्टा गलेर नष्ट भएको छ । पोल्नको लागि तयार पारिएको काँचो ईटा पानीले गलेर जिल्लाभरीका ईट्टा उत्पादकलाई १७ करोड भन्दा बढीको क्षती भएको ईट्टा उत्पादक संघ रौतहटले जनाएको छ । बेमौसमी वर्षाले प्रत्येक ईटा भट्टाहरुमा पोल्नलाई तयार अवस्थामा राखिएको काँचो इटा गलेर कामै नलाग्ने अवस्थामा पुगेको ईट्टा उत्पादक संघ रौतहटका अध्यक्ष रामबिनोद साहले बताएका छन । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ महमदपुर स्थित रहेको एसपिएल ईट्टा उधोगमा पोल्नको लागी तयार पारिएकोे १० लाख भन्दा बढी कांचो ईट्टा बर्षाको पानीले गलेर नष्ट भएको सञ्चालक राम बिनोद साहले बताए । कांचो ईट्टा लाई सुुकाएर पोल्नका लागी तयार गर्दा सम्म प्रति ईट्टा दुुई रुपैया“ उत्पादकको न्युनतम खर्च हुने गरेको साहको भनाई छ । रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलुु तथा साना उधोग कार्यालयमा दर्ता रहेका एकसय ६१ वटा ईट्टा भट्टाहरु सञ्चालनमा छन् ।