गरुडा,५ माघ / शाहील कन्ट्रक्सन सर्लाहीको बदमासीका कारण रौतहटको पुर्वि भेग स्थित गम्हरीयावासीलाई आवत जावत गर्न ठुलो कठिनाई भएको छ । शाहील कन्ट्रक्सनले गढिमाई नगरपालिकाको मलाहिटोल बजारदेखी गम्हरीया कब्रस्थान सम्मको सडकको अधुरै काम गरी सम्पर्क विहिन भएपछि सर्वसाधारणलाई उक्त बाटो भएर आवत जावत गर्न ठुलो समस्या भएको स्थानियले बताएका छन । शाहील कन्ट्रक्सनले गत असाढमै मलाही टोल बजार देखी गम्हरीया गाउ सम्मको सडकलाई ४० फिट चौंडा ग्रेभल गर्ने गरी सहमति गरेको थियो । ४० फिट चांैडा ग्रेभल गर्नुपर्नेमा ७ फिट चौडा मात्रै ग्रेभल गरेर उक्त शाहील कन्ट्रक्सन विगत असाढ महिनादेखी नै सम्पर्क विहिन भएपछि बा“की ग्रेभलको काम अझै हुन नसक्दा दिनहुजसो उक्त सडकमा सवारी दुर्घटना भईरहेको स्थानीय समाजसेवी मुनाले बताएका छन । ७ फिट चांैडा मात्रै ग्रेभल बिछाईएकोले उक्त सडकमा यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका स्थानिय पानब लाल यादवले बताएका छन । कुनै समान एकै ठाउमा थुपारिए जस्तै एकै ठाउमा ग्रेभल राखिएपछि दैनिक एउटा न एउटा गाडि पल्टेर दुर्घटना भइरहेको स्थानियले जानकारी दिएका छन । गत असाढ देखी अहिलेसम्म उक्त सडक भएर यात्रा गर्ने क्रममा मोटरसाईकल दुर्घटनामा परेर स्थानीय देवन राउत, शेख निराला, ह्दय राउत लगाएतका दर्जनौ व्यक्ति घाईते भइसकेका छन । सडकको काम अलपत्र अवस्थामा छाडेर फरार हुने शाहील कन्ट्रक्सन सर्लाहीका सञ्चालकलाई पक्राउ गरी काडा कार्यवाही गर्न स्थानीयहरुले सम्बन्धीत निकायसंग माग गरेका हुन ।