चन्द्रपुर,१६ माघ /विगत ६ दिन देखि जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल भएको छ । चन्द्रनिगाहपुरमा रहेको स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा शुन्यका बिरुद्ध ३ गोलले सुर्खेतको बीरेन्द्र नगरपालिका लाई हराउदै स्याङजाको वालिङ्ग नगरपालिका बिजयी भएको हो । भने दोस्रो खेलमा शुन्यका बिरुद्ध १ गोलले बर्दियाको बासगढी नगरपालिका लाइ हराउदै बीराटनगर महानगरपालिकाको टिम बिजयी भएको हो ।
यससंगै बालिङ्ग नगरपालिका र बीराटनगर महानगरपालिका सेमिफाईनलमा प्रबेश गरेको छ । पहिलो खेलमा मध्यान्तर अघि दुबै टिमले बराबरीमा रोकेपनि मध्यान्तर पछिको बीरेन्द्र नगरपालिका लाई एकोहोरो दबाबमा राख्दै वालिङ्ग नगरपालिकाका तर्फ बाट जर्सीनम्बर १४ की सरस्वती हमालले पाच मिनेट र ३५ मिनेटमा २ गोल गरेर खेलको अग्रता संगै बिजय लाई सुनिश्चित गरेकी हुन । बालिङ्ग नगरपालिकै जर्सीनम्बर २६ की मनमाया दमाईले खेलको २७ औ मिनेटमा गोल १ गोल गरिन । उक्त खेलमा वालिङ्ग नगरपालिकाको सरस्वती हमाल वमन अफ दि म्याच घोािषत भएकी छिन । यस्तै सोही मैदानमा भएको दोस्रो खेलको ७ मिनेटमा बीराटनगर महानगरपालिकाको जर्सी नम्बर १९ की कुसुम खतिवडाले गरेको १ गोललेनै टिम लाई बिजयी बनाएको छ । मध्यान्तर अघिको खेलमा बीराटनगर महानगरपालिकाको टिमको आक्रामक प्रस्तुती रहेको थियो भने मध्यान्तर पछि बासगढी नगरपालिकाको खेल उत्कृष्ट रहेपनि गोल गर्न नसकेकै कारण पराजय ब्यहोर्नु परयो । सो खेलमा बीराटनगर महानगरपालिकाका सरिता शेर्पा लाई वमन अफ दी म्याच बाट पुरस्कृत गरिएको छ ।