चन्द्रपुर,१५ फागुन / जिल्लाको चन्द्रपुर वडा नम्बर १० बाल्चनपुर बस्ने बर्ष २२ कि सिमा कुमारी चौधरी बिगत १४ महिना अगि देखि दुबै मृगौला फेल रहि उपचाररत छिन ।
दुबै मृगौला खराबी देखिएकोले उनी चितवन स्थित चितवन मेडिकल कलेज सी यम सीे मा करिव ६÷७ महिना उपचारमा लागिन । चौधरीको केही सुधार नदेखिएकोले उनको परिवारको सल्लाह अनुसार काठमाडौको वीर हस्पिटलमा उपचार गर्न पुगिन । वीर हस्पिटलबाट ट्रांस्फोरे हुँदै सुमेरु हस्पिटल धापाखेल पुगिन । उनी बाच्ने आसले इन्डिया स्थित मोतिहारीमा समेत उपचार गर्न पुगिन । गरिव परिवार , आर्थिक स्थिति एकदम नाजुक , उपचार गर्दा गर्दै आफु स“ग भएको केही जग्गा साहु महाजनले खोसिदिए । करिव २५ लाख सक्कियो तर पनि सिमाको स्वास्थमा सुधार आएन । उनी त्यहा बाट आर्थिक अभावले आफ्नै घर चन्द्रपुर रौतहट फर्किन ।
अहिले बिरगंजको नेशनल मेडिकलमा हप्तामा दुई पटक उपचार गराउनु पर्ने हुन्छ । बुबा ललित किशोर धामी ट्रकमा ड्राइभर पेशा गर्नु हुन्छ , जगाको नाममा हाल १० धुर घडेरी र एउटा झुपडी मात्रै रहेछ । आमा मन्जु श्री , परिवारमा बुबा ललित किशोर ,बहिनिहरु क्रमस रिमा , रन्जु , सम्झना र एउटा भाइ जनार्दन धामी छ्न ।
उनलाई सहयोग गर्न चाहनेले प्रभु बैंकको खाता नम्बर १५४०१३००९५७२२०००००१ रकम जम्मा गरिदिन र ९२११९७५२६ मा रस्मी कुमारी चौधरी लाई सम्पर्क गर्न समेत आफन्तले आग्रह गरेका छन् ।