चन्द्रपुर,२३ फागुन / भुक्तानी नपाउदै भत्किएको सडक मर्मतको नाममा ओभरल्याप गरिएको छ । जस्ले सडकको गुणस्तरमा प्रश्न चिन्ह लागेको छ ।
नया बनाइएको कालोपत्रे सडक एकनाशको हुनु पर्नेमा जोल्डिन बनाइएको छ । निर्माण सम्पन्न नहुदै दर्जनौ स्थानमा भत्किएको चन्द्रपुरको सरकारी अस्पताल अघिल्तिरको कालोपत्रे सडक मर्मतको नाममा ओभरल्यापिग गरिएको हो ।
मापदण्ड बिपरित बनाइएको उक्त सडकले सौन्दर्यमा समेत हयास आएको छ । मुनलाईट बोर्डिङ स्कुल देखि सरकारी अस्पताल जाने बाटो कालोपत्रे गर्नको लागि चन्द्रपुर नगरपालिका संग सम्झौता गरेको कमल कन्स्ट्रक्सन पतौरा–४ रौतहटले गुणस्तरहिन सडक निर्माण गरेपछि यस्तो अबस्था आएको हो । ०७६ कार्तिकमा निर्माण सम्पन्न गरेको उक्त सडक तीन महिना नपुग्दै बिभिन्न स्थानमा ग्रयाबेलमा परिणत भएपछि चन्द्रपुर नगरपालिका र निर्माण ब्यबसायीको आलोचना भएको थियो । नगरपालिकाले भुक्तानी रोकेर भत्किएको सडकको मर्मत गर्न निर्माण ब्यबसायी आदेश गरेपछि मर्मतको नाममा सडक लाई कुरुपता बनाइएको छ । चन्द्रपुर नगरपालिकाको ५२ लाख ५० हजार ९ सय ९८ रुपैया ५९ पैसाको योजना रहेको उक्त सडक कमल कन्स्ट्रक्सनले भने १९ लाख ६९ हजार ४ सय ५२ रुपैया ४५ पैसामा सकार गरेको थियो ।
आफनो घर अगाडी निर्माण भएको सडकको दुराबस्था देखेपछि पुन बनाउन माग राख्दै त्यसभेगका उपभोक्ताले चन्द्रपुर नगरपालिकाको कार्यालय र चन्द्रपुर नगरपालिका– ५ नम्बर वडा कार्यालयमा निबदेन समेत दिएका छन ।