चन्द्रपुर १ चैत्र । पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्नमा जग्गा परेका जग्गाधनीहरुको प्रतिनिधि र स्थानीय प्रशासन विच शुक्रवार बसेको बैठकबाट चार महिना देखि अवरुद्ध रहेको निर्माण कार्यलाई निर्वाध रुपमा सुचारु गर्न सहमती भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा संघिय प्रतिनिधि सभाका साँसद देवप्रसाद तिमलसिना, नेकपा जिल्ला इन्चार्ज युवराज भटराई र जग्गाधनीहरुको प्रतिनिधिहरु विच फागुन २३ गते निर्धारण गरिएको मुआब्जालाई आधार मानेर शनिबार देखि काम काज गर्ने दिने सहमती भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।