धनुषा,३ चैत्र / धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ र २ रमदैयामा घरेलु मदिरा सेवनबाट १३ जनाको र जनकपुरधाम उपमहानगरपालिका—७ मुसहरी टोलका ४ जनाको मृत्यु भएको हो ।
मदिरा सेवनबाट सिकिस्त रमदैयाका ६ जना र जनकपुरका २२ जनाको उपचार भइरहेको छ ।
विषाक्त घरेलु मदिरा सेवनबाट रमदैयाका वर्ष ४७ का शत्रुधन मण्डल, वर्ष ५५ का श्रीदेव यादव, वर्ष २५ का इन्द्रजित महरा, वर्ष ३५ का ब्रहमदेव यादव, वर्ष ४० का राम बिलास मण्डल, वर्ष ६५ का गुदरी महरा, वर्ष ३६ का राम नारायण महरा, वर्ष ३० का राजु महरा, वर्ष ४७ का शत्रुधन मण्डल र रामप्रसाद यादवको मृत्यु भएको पुष्टि गरेको छ । तर स्थानीयका अनुसार मदिरा सेवनबाटै विजय सदा, रासमती सदा, झुरुक सदा र रंजित यादवको मृत्यु भएको हो । तर यी चारजनाको अन्तिम संस्कारभइसकेपछि मात्र मृत्यु भएको प्रहरीमा जानकारी नआएकाले मदिरा सेवनबाटै यीनीहरुको मृत्यु भएको भन्न नसकिने धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।
उनका अनुसार घरेलु मदिरा सेवनबाट सिकिस्त परेका वडा नं. १ रमदैया बस्ने वर्ष ३७ का राम ईश्वर महरा, वडा नं. २ का वर्ष २३ का प्रदिप सदा, वर्ष ५० का भरत मण्डल, वर्ष ४४ का मनिर नदाफ, वर्ष २२ का भरत सदा, र बर्ष ५० का सिताराम यादवको उपचार भइरहेको छ । यस्तै घरेलु मदिरा सेवन गर्दै आएका ४ जनाको मृत्यु भएपछि जनकपुरधाम उपमहानगरपालिका—७ स्थित मुसहरी टोलमा त्रास फैलिएको छ । गत विहीवारदेखि आइतवार विहानसम्म घरेलु मदिरा सेवन गर्दै आएका चारैजनाको मृत्युपछि घरेलु मदिरा सेवन गरेका टोलका करिब दुई दर्जन व्यक्ति आइतवार विहान प्रादेशिक अस्प्ताल जनकपुरमामा उपचारका लागि भर्ना भएका हुन् । उनीहरुको अवस्था समान्य रहे पनि त्रासले उपचारका लागि आएको अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले बताए । सबैको अवस्था समान्य छ तर डराएर यीनीहरुको जिउ कामेको छ ।
जा“च गरेर उपचार पश्चात सबैलाई घर पठाइदिन्छौं । आतिपर्ने अवस्था छैन, उनले भने ।