गौर ३ चैत्र / रौतहट स्थित सशस्त्र प्रहरीको गस्तीटोलिले चाईनिज र घरेलु पेस्तोल सहित एकजना लाई पक्राउ गरेको छ । जिल्लाको फतुवा बेस क्याम्प बाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलिले चेकजाँचको क्रममा उक्त हतियार सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट साबिक राजपुर तुलसी गाबीस ९ हाल यमुनामाई गाउँपालिका- ३ राजपुर तुलसी ३ का ४९ बर्षिय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितले बताएका छन । बैतुलाहको साथ बाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ एमएमको बौल राउन्ड २ थान, कटुवा पेस्तोल १ थान,मोबाईल २ थान,घडी १ थान नगद ३४८० र केहि बिदेसी र भरतिय रकम नागरिक्ता,सवारी चालक अनुमतिपत्र सहित बरामद भएको एसपी कर्णजितले जनाएका छन । साथै अभियुक्तले प्रयोगगरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकल समेत बरामद गरि आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।