ओम प्रकाश यादव ४ चैत्र / भाउजूसँग रहेको अनैतिक सम्बन्धको पोल खुल्ने डरले रौतहटमा मंगलवार एक जना देवरले आफनै भाउजूलाई धारिलो हतियार ( खुकुरी ) प्रहार गरी हत्या गर्ने प्रयास गरेको खुलेको छ । जिल्लाको साबिक गाविस जेठरहिया ९ हाल यमुनामाई गाउँपालिका १ का धनै सहनिको छोरा राजुकुमार सहनीले आफनै भाउजूको हत्याको प्रयास गरेका हुन । खुकुरी प्रहार गरी आफनै भाउजूलाई हत्या गर्न खोज्ने देवर सहनीलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।