अनमोल कार्की
रौतहट, १८ चैत्र÷ नेपाल सरकारले कोरोनाभाइरस ( कोभिड–१९) को संक्रमणलाई फैलनबाट रोक्न देशैभर गरेको लकडाउनको आज आठौँ दिन सम्म आइपुग्दाजन जीवनप्रभावित बनिरहेको छ ।
विशेष गरी गरिब, विपन्न र दैनिकज्यालादारी गर्नेहरुलाई लकडाउनले ठुलो समस्यापारिरहेको छ । आजकमाएर आजै खाने समुदायकामानिसहरुको कमाइबन्द भएपछि उनीहरुको घरमाचुल्हो बल्नपनि समस्या परिरहेको छ । हुँदाखाने यस्ता समुदायकामानिसहरु आफुहरु रोगले भन्दा अगाडि भोकले मर्नुपर्ने अवस्थाआइरहेकागुनासो गरिरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै जिल्लाका स्थानियतहहरुले त्यस्ता परिवारको पहिचानगर्दै खाद्यान्न सहित दैनिकउपभोग्य वस्तुहरु राहत स्वरुपवितरण गर्दै आइरहेका छन् । जिल्लाकागौर, मौलापुर, गढीमाइ लगायतका स्थानियतहहरुले वितरण अभियानको सुरुवातगरिसकेको छन् । जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकाले पनित्यस्ताखाले परिवारलाई राहत स्वरुपखाद्यान्नवितरण सुरु गर्ने तयारी गरिरहेको छ । नगरपालिकाले पहिलो चरणमा १०लाख रुपैयाँका दरले नगरपालिकाका १० वटैवडामा राहतवितरणको लागिभनेर छुट्टाएको छ ।सो राहतमाप्रतिव्यक्तिका दरले चामल, दाल, आलु, नुन, तेल र तरकारी वितरण गर्ने नगरपालिकाको योजना रहेको छ । नगरपालिकाले वडाहरुलाई अतिविपन्न, दैनिकज्यालादारी गर्नेहरु, गरिब परिवारको लागत संकलनगर्दै यथासक्य चाँडो राहतवितरण गर्न निर्देशनपनिदिइसकेको छ ।
तर राहतविरतणको लागिपारिवारिक लागत संकलनगर्ने कामनै यहाँका वडाअध्यक्षहरुको लागि टाउको दुखाइबनेको छ । कारण नगरपालिकाले हो हुँदाखानेहरुको लागिवितरण गर्न लागेको राहत सामाग्रीमाहुनेखानेहरुको दावी । उनीहरुले राज्यको पैसाबाट राहत बाँडिने भएकाले आफुहरुले पनि पाउनुपर्छ भन्दै लागत संकलनगर्न आउनेहरुलाई आफ्नो परिवारको नाम टिपाउने गरेको पाइएको छ । तत्कालको अवस्थामाखानलाई कुनै समस्यानभएका परिवारहरुले पनिजवरजस्ती राहतपाउनको लागिनामदर्ता गरेको गुनासो चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष संजय काफ्लेले गर्नुभयो । चाहेँमाआफुले अरुलाई सहयोग गर्न सक्ने व्यक्तिले पनिनगरपालिकाले विपन्न परिवारको लागिवितरण गर्न लागेको राहतमालोभ गरेको भन्दै वडाअध्यक्ष काफ्लेले उनीहरुले सरकारको वजेटबाट वितरण गर्न लागेको राहत सामाग्रीमा सबैको अधिकार हुने दावी गरेको बताउनुभयो । ‘राज्यले वितरण गर्ने राहतहामीले किननपाउने भन्दै सम्पन्न परिवारका मान्छेहरु पनि अगाडि आएका छन्’ वडाअध्यक्ष काफ्ले गुनासो गर्नुहुन्छ, ‘ तीनतल्ले घरको मालिक, सरकारी जागिरे, राम्रो आम्दानीभएकाहरु समेतले राहतको लागिदावी गरेका छन् । अझकतिले आज राहतनदिएअर्को चुनावमा देखाइदिने धम्कीपनिदिएका छन् ।’ यस्तो प्रवृतिबाट आजितभएका वडाअध्यक्ष काफ्ले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रवृतिकको गुनासो गरेका छन् ।
यताचन्द्रपुर २ का वडाअध्यक्ष दुत्तबहादुर थिङ्गको पनि उस्तै गुनासो छ । नगरपालिकाले वितरण गर्नलागेको राहतमा सबैले दावी गरेपछि वितरण असहजभएको उहाँको भनाइ छ। उहाँले राज्यले सित्तैमादिएको राहतहामीले किननपाउने भन्दै ठुलो संख्यामा सम्पन्न परिवारकामानिसहरु पनि राहतमादावीगर्दै आएपछि कसलाई दिने नदिने भन्ने असमंजसमा परेको बताउनुभयो । ‘राज्यको सुविधाहामीले किननपाउने भन्दै सम्पन्नवर्गकामानिसहरु हामीसँग झगडा गर्नु आउँछन्’ उहाँले भन्नुभयो, ‘यो राहततपाईहरुको लागिहोइनविपन्नवर्ग र दैनिकज्यालादारी गर्नेहरुको लागिहो भनेर सम्झाउँदा उल्टै कुटौँलाझैँ गर्छनन् । सम्झाउँदा सम्झाउँदा हैरानभइसके ।’
चन्द्रपुर ३ वडाअध्यक्ष वोधनाथ देवकोटाले यस्तै समस्या आएपछि आफैले निश्चित मापदण्ड बनाएर त्यहीँअनुसार वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँले सबैजना राहत पाउनुपर्छ भन्दै आएपछि आफुले राहतपाउनेहरुको मापदण्ड तयार पारेको र सो मापदण्डभित्र पर्नेलाई मात्र राहतवितरण गर्ने तयारी गरिरहेको बताउनुभयो । चन्द्रपुर ६ का वडाअध्यक्ष खड्ग कुश्वारको पनि पिडा यस्तै रहेको छ । उहाँले आफुराहतवितरणको लागत संकलनटोलटोल पुग्दा स्थानिय सम्पन्न परिवारका सदस्यहरुले घेरेर जसरी हुन्छ आफुहरुलाई पनिदिनदवावदिएको बताउनुहुन्छ । उनीहरुलाई यो अहिलेको राहततपाईहरुको लागिहोइन पछि धेरै गाह्रो भएको अवस्थामातपाईहरुलाई पनि बाड्छौँ भनेर सम्झाउँदापनिनमानेको वडाअध्यक्ष कुश्वारको गुनासो रहेको छ ।अझकतिले त आफुले राहतनपाएअरुले पनिनपाउने र राहतवितरण गर्ने कार्यनै रोकिदिने धम्कीदिएको उहाँको भनाइ छ । ‘उहाँहरुले हामीले पाएनौँ भने अरुलाई पनि बाड्न दिदैनौँ भनेर धम्कीदिनुभएको छ’ वडाअध्यक्ष कुश्वार भन्नुहुन्छ, ‘दैनिकज्यालादारी गर्ने, गरिब, विपन्न परिवारको लागि बाड्न लागेको राहतमाउहाँहरुले किनआँखालगाउनुभएको मैले बुभ्mन सकिरहेको छैन् । यसले गर्दा राहतवितरण प्रभावितहुने देखिएको छ ।’
नगरपालिकाले विपन्न परिवारको लागिवितरण गर्न लागेको राहतमा केही सम्पन्न परिवारले पनिदावीगर्नु गलत रहेको स्थानिययुवापञ्चरत्नशाक्यको भनाइ छ । उहाँले अहिलेको समयमाअवस्थामाविपन्न परिवारलाई राहतको एकदमै खाँचो रहेकाले सबैले नगरपालिकालाई यसको लागि सघाउनुपर्नेमाउल्टै आफुले पनि पाउनुपर्छ भन्दै भाँजो हाल्नु एकदमै गलतभएको बताउनुभयो । जतिसुकै दवाभ र प्रभावआएपनिवास्तविक राहतपाउनुपर्नेले राहतपाउनुपर्ने यहाँका स्थानियहरुको माग रहेको छ । राहतवितरण गर्दा वास्तविकवर्गको पहिचान गरेर मात्रवितरण हुनुपर्ने र यसरी विपन्नको रातहमाआँखालगाउनेहको नाम सार्वजनिकहुनुपर्ने स्थानियहरुको भनाइ रहेको छ ।यता वडाअध्यक्षहरुले पनिनामावली संकलनकार्य सकेपछि त्यस्ताव्यक्तिहरुको नाम संचारमाध्यममार्फत सार्वजनिकगरिने जानकारी दिदैँ यो हाल राहत केवलविपन्नको लागिहो भनेर बुझेर यसमा सहकार्य गर्न सबै वडावासीलाई आग्रहगर्नुभएकोछ ।