रौतहट,१८ तैत । जनप्रतिनिधी बिच सहमती नभएको कारण रौतहटको मौलापुरमा मास्क बितरण गर्न नसकिएको देखिएको छ ।
मौलापुर नगरपालिकाका केही जनप्रतिनिधीले मास्क साबुन बितरण गर्ने प्रस्ताव राखेकोमा केहीले कोरोना भाईरस उपचारको लागी ठोस कदम चाल्ने निर्णय गरेपछी त्यस्तो अवस्था आएको हो ।
बर्तमान संकटको घडीमा नगरपालिकाले मास्क उपलब्ध नगराउँदा अन्य जनप्रतिनिधीले तत्काल आफनै रकमले पछी फर्छौट हुनेगरी मास्क तथा साबुन बितरण गर्न सक्ने भएपनी मौलापुरका कुनै पनी जनप्रतिनिधीले हालसम्म बितरण गर्न सकेको छैन ।
छिमेकी नगरपालिका फतुवा बिजयपुरमा रकम निकासा हुन नसक्दा नगरप्रमुख,उपप्रमुख,तथा वडा अध्यक्षहरुले तत्काल आफनो ब्यक्तीगत लगानीमा हजार्रौ मास्क,साबुन बितरण गरेका थिए ।
त्यसैगरी हालसम्म रकम निकासा हुन नसकेको देवाही गोनाहीका जनप्रतिनिधीले पनी पछी फर्छौट हुनेगरी तत्काल आफनो ब्यक्तीगत लगानीमा मास्क र साबुन बितरण गरेको वडा ६ का अध्यक्ष अनिल कुमार झाले बताए ।
तर ५० लाखको बजेट चलाउने मौलापुरका कुनै पनी जनप्रतिनिधीले आफनो ब्यक्तीगत लगानीमा १० रुपैया पर्ने मास्क तथा २० रुपैयाको साबुन बितरण गर्न नसकेको स्थानिय जनताले गुनासो गरेका छन ।
मौलापुर नगरपालिका वडा १ का अध्यक्ष रामप्रवेस यादवले कार्यपालिकाले निर्णय गरीसकेपछी मास्क र साबुन नगरपालिका द्धारा उपलब्ध गराउनुु पर्ने बताए ।
लकडाउन कहिले सम्म रहने हो ठेकान नभएकाले वडाको विकासको बजेट तत्कालको लागी वडाबासीको लागी जगेडा राखेको वडा अध्यक्ष यादवको तर्क रहेको छ ।