कटहरिया २८ चैत ।
रौतहटको कटहरिया नगरपालिका १ भसेढवा स्थित अज्ञात समूहले एकजना किसानको गहुँको भारिमा आगजनी गरेका छन । स्थानीय भसेढवा कङकाली टोलका राजु यादवको खलिहानमा रहेको ८ कठा खेतमा रहेको गहुँको भारि मा आगजनी गरेको हो । आफुहरु घरमा रहेको समय ब्यक्तिगत रिसिवीको कारण गएराती कसैले गहुँको भारिमा आगजनी गरेको पीडित यादवले बताएका छन । आगलागी बाट पुरै गहुँको भारी जलेर हजारौं बराबर क्षति भएको पीडितको भनाइ छ । लकडाउन सुरुभए यता भसेढवा गाउँका केहि मानिस दैनिक राती राती राष्ट्रिय बन बाट सालको काठको तस्करी गरिरहेका छन । सोही रिसिविको कारण कुनै तस्करले गहुँको भारिमा आगजनी गरेको हुनसक्ने पीडित किसान राजु यादवले बताएका छन । प्रहरी चौकी छेदिचौकले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भैईरहेको जनाएको छ ।
यसै बिच कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले आगलागीको घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन । बर्षभरिको किसानको मिहिनेत पसिना माथी खेलवाड गर्ने अपराधीको पता लगाई कडा कार्वाही हुनुपर्ने मेयर कुश्वाहाले माग गरेका छन ।