जनकपुरधाम, चैत २८ गते । प्रदेश २ मा हालसम्म ११९ जना कोरोना शंकास्पद बिरामीको स्वाब टेस्ट गरिएको छ । बिहीबारसम्म प्रदेश २ को आठ जिल्लाबाट २५४ जना शंकास्पद बिरामीको स्वाब संकलन गरिएकोमा ११९ जनाको रिपोर्ट आएको हो । परीक्षण भएका सबैको रिपोर्ट अहिलेसम्म निगेटिभ आएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानारी दिए । उनको अनुसार १३५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै आठवटै जिल्लामा ९९० जना क्वारेन्टिन र १ हजार ३९८ जना चिकित्सकको सल्लाह अनुसार होम क्वारेन्टिनमा छन् । प्रदेश भरिमा ७ जना आइसोलेसनमा रहेका छन् ।

todaypati.com बाट