चन्द्रपुर,४ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वडानं १० मा कोरोना भाइरसका कारण बिहान बेलुका छाक टार्न मुस्कील परेकालाई राहत दिनुपर्नेमा हुनेखाने लाई राहत दिने तयारी भएको आरोप लागेको छ ।
राहत बितरणका लागि बनेको सर्बदलिय समितिमा रहेका नेकपाका प्रतिनिधि लक्ष्मी साहले राहत बितरणको लिष्टमा मनोमानी तरिकाले हुनेखाने परिवारको नाम सार्वजनिक भएपछि राजिनामा दिएका छन् ।
१० नम्बर वडा कार्यालयले सरकारी कर्मचारी देखी २ बिघाह जमिन भएकाहरुलाई समेत राहतको लिष्टमा राखेका कारण आफुले राजिनामा दिन बाध्य भएको साहले जानकारी दिएका छन् । सो वडामा राहतको लिष्टमा समेत राजनिति गरेको र आफ्नै पार्टीका गरिवलाई समेत नसमेटेको आरोप लागेको छ । राहत बितरण समितिमा रहेका साहले आफुले वडामा लिएर गएको नामष्टनै गायव भएको साहको भनाइ रहेको छ । सो बिषयमा सो वडाका वडाअध्यक्ष जयराम चौधरीसंग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन् ।
राहत अनियमिता