रुपेन्द्र पटेल
बैशाख ४ गरुडा ।

रौतहट क्षेत्र नं—४ का सांसदका प्रत्यासी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता कन्थमनी जयसवालले बिहीबार रौतहटको गरुडा नगरपालिका वडा नं—२ गेडही गुठीमा ३८ जना गरिब विपन्न घर परिवारलाई राहत वितरण गरेका छन् । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि सांसदका प्रत्यासी नेता जयसवालले आफ्नो ब्यक्तीगत लगानिमा सहि गरिबीको पहिचान गरि राहत वितरण सुरु गरेका हुन । रास्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रभावशाली नेता कन्थमनी प्रसाद जयसवालले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिब, असाहाय परिवारलाई राहत वितरण गरेका छन् । यस्तै नेता जयसवालले आजै गरुडा नगरपालिका वडा नं—३ का मालाही टोलमा पनि राहत वितरण गरेका हुन । गरुडाको वडा नं—३ अन्तरगत २७ जना अती बिपन्न गरिब परिवारलाई पहिचान गरि राहत वितरण गरिएको नेता जयसवालले बताएका छन् । समाज सेवी जयसवालले बिहीबार गरुडाको वडा नं—२ र ३ गरि जम्मा ६५ जान गरिब परिवारलाई समाजिक दुरी कायम गरेर राहत वितरण गरेका हुन । उनले प्रती परिवार १० किलो चामल, ३ किलो आलु , १ किलो दाल, १ किलो प्याज, १ किलो नुन, ५०० ग्राम खाने तेल वितरण गरेका छन । त्यस्तै कोरोनाबाट बच्न ति ६५ वटै घरधुरीलाई एक एक पिस मास्क र साबुन समेत वितरण गरेको नेता जयसवालले बताए । रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले आफुले यस विपदमा गरिब, दलित, अपांग, लगाएत अति विपन्न परिवारलाई सक्दो सहयोग गर्ने बताएका छन् । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ गरिब परिवारहरुलाई पहिचान गरि नेता जयसवालले आफनै व्यक्तिगत लगानीमा राहत वितरण गरेका हुन ।