अशोक पहाडी
रौतहट,९ बैशाख । कोभिड २०१९ समस्याका कारण भएको लकडाउनलाई बाहाना बनाई रौतहटको बजारमा ब्यापक कलोबजारी भएको गुनासो बढ्दै जान थालेको छ ।
जिल्लाको चन्द्रपुर, गरुडा, गौर लगाएत सबै बजार तथा ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य खाद्यान्नका सामाग्री बिक्रिगर्ने अधिकांश किराना पसलेहरुले म्यादनाघेका, कमतौल र गुणस्तरहिन सामाग्री चर्को मुल्यमा बिक्रिगरी उपभोक्ता ठगी गरिरहेको प्रति उपभोक्ता हित संरक्षण मंच, रौतहटको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महामारी समस्याका कारण उत्पन्न संकटको यस घडिमा आम उपभोत्तालाई शर्भशुलभ सेवा प्रवाह गर्नुको साटो किराना ब्यापारीहरुबाट भईरहेको बढदो कालाबजारी एवं उपभोक्ता ठगी कार्यलाई रोक्नको लागि नियमनकारी निकाय प्रहरी÷प्रशासन, नगरपालिका र उद्योग बाणीज्य संघले ठोस तथा परिणाममुखी छडके अनुगमन र स्थलगत कार्वाहीलाई तत्काल अघि बढाउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रौतहटका सचिव टिका घिमिरेले बिज्ञप्ती मार्फत माग गरेका छन् ।
जिल्लाका सबै जसो खाद्ययान्न पसलमा उपभोक्ता चर्को मुल्य तिरेर समान किन्न बाध्य हुदा समेत सम्बन्धीत निकायले चासो नदिएको घिमिरेले जारी गरेको बिज्ञप्तीमा उल्यख रहेको छ ।