चन्द्रपुर १४ बैशाख ।
रौतहटमा करेन्ट लगाएर जंगलि बँदेल मार्नेको क्रम रोकिएको छैनन् । रौतहटमा पछिलो समय किसाने लगाएको मकैमा जंगलि बँदेल आउनथाले पछि विद्युतबाट करेन्ट लगाएर जंगलि बँदेल मार्ने गरेको हो । रौतहटको बृन्दावन नगरपकिा वडा नं—१ बलरीमा मकैको खेतमा करेन्ट लगाएर जंगलि बँदेल मार्नेको क्रम बढेको स्थानिय बताउँछन । सिकारीले लगाएको करेन्टमा मानिस पर्न सकने सम्भावना बढदै गएको बताए । बलरीका केही समुहले दैनिक रुपमा रातीको समयमा विद्युतबाट मकैको खेतमा करेन्ट लगाउने गरेको स्थानियले बताएका छन । विद्युतबाट करेन्ट लगाएर मारेका जंगली बँदेल उनिहरुले राता रात सर्लाही तथा रौतहटको विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको बुझिएको छ । विद्युतबाट करेन्ट लगाएर बँदेल मार्न थोपछि बलरीका विद्युतको टान्सर्फम उडने त्रास समेत बढेका हो । करेन्ट लगाएर जंगलि बँदेल मारिरहेको खबर बृन्दावन सव डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानियले पटक—पटक बताए पनि उनिहरुले कुनै वस्था नगरेको स्थानियले बताएका छन ।