काठमाडौं १४ बैशाख । पर्साको वीरगञ्‍जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवैजना वीरगञ्‍ज निवासी ५० वर्षीय पुरुष हुन् ।  उनीहरुलई हाल वीरगञ्‍जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारीले बताए । उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको छ । यसैबीच वीरगञ्‍जकै कोरोना विशेष अस्पतालमा उपचाररत चारजना आजै डिस्चार्ज हुँदैछन् । डिस्चार्ज हुनेमा तीनजना भारतीय जमाती हुन् भने एकजना नेपाली युवक रहेका छन् । 

थाहा खबरबाट सभार