रुपेन्द्र पटेल १४ बैशाख ।
रौतहट घर भएर राजधानीमा बस्दै आएकाहरुलाई रौतहटका स्थानीय तहले निःशुल्क घर ल्याउने काम थालेपछि रौतहटको बृन्दावन नगरपालिकाले पनि राजधानिबाट ३६ जना आफना नागरिकलाई ल्याएको छ । नगर प्रमुख राम स्नेही यादवको सक्रियतामा ल्याएका ३६ जनालाई चेकजाँच गरि सेल्फ क्वारेन्टाइनमा राखिएको नगर प्रमुख यादवले बताएका छन् । नगर प्रमुख यादवका अनुसार बृन्दावन नगरपालिकाद्धारा राजधानी लगाएत देशको विभिन्न स्थानमा लकडाउनका कारण फसेकाहरुलाई उद्धार कार्य जारी रहेको बताएका छन । रौतहटको बृन्दावन घर भइ काठमाण्डौंमा बस्नेहरुले घर आउन चाहेमा पुनः सोमबारका लागी बस खुल्ने नगर प्रमुख यादवले बताएका छन । बृन्दावन घर भएर काठमाण्डौं लगाएत देशको विभिन्न स्थानमा बस्ने नागरिकले घर आउन चाहेमा नगर प्रमुख राम स्नेही यादवको मोबाईल नम्बर ९८५५०४१०९७ मा तुरुन्त सम्पर्क राख्न आग्रह समेत गरेका छन् ।