श्याम कार्की
रौतहट, १५, वैशाख÷ कोरोनाभाइरस (कोभिड –१९) फैलिननदिन नेपाल सरकारले गरेको लकडाउन एक महिनाभन्दा बढी समय भइसकेको छ । लकडाउन प्रभावितहरुलाई विभिन्नव्यक्ति, संघसंस्थाएवम् तीनै तहका सरकारहरुले राहतवितरण गरिरहेका छन् । राहतकै लागिकतिपय स्थानमा झडप समेत भएका छन् । आफैमा सम्पन्नव्यक्तिपनि राहतको लाइनमा बसेर राहतलिइरहेका दृश्यहरु पनि राहतवितरण गर्ने क्रममा देखिएका छन् । तर रौतटहकापत्रकारहरुले भने आफ्नो लागिआएको राहत सामाग्रीअनाथालयमादिएका छन् । नेपालपत्रकार महासंघ रौतहटमा आवद्ध क्रियाशिलपत्रकारहरुको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इथनाथनगर कमिटीले उपलब्ध गराएको राहतपत्रकारहरुले आफुले नराखी गरुडा नगरपालिका वडा नम्बर ४ माअवस्थितश्री वंशीरामजयसवालअनाथालयमा हस्तान्तरण गरेकाहुन् । कोरोनाको कहरको बीचमाजनतामाझगएर सत्यतथ्य समाचार संकलनगर्ने पत्रकारहरुको हौशला र सहयोगकालागिइसनाथनगरपालिकाका नेकपानगर अध्यक्षमोहन मेहताको पहलमा नेकपानगर कमिटीले उपलब्ध गराएको राहतपत्रकारहरुको सल्लाहअनुसार अनाथालयलाई हस्तान्तरण गरेको नेपालपत्रकार महसंघ रौतहट शाखाका सचिवगौतम श्रेष्ठले बताउनुभयो ।उहाँले अनाथबालबालिकालाई आफुहरुले सहयोग गर्न पाउनु खुसीको कुराभन्दै आगामिदिनमापनि यस्तै सामाजिककार्यहरु महासंघले गरिरहने प्रतिवद्धता गर्नुभयो ।
सो शाखाकाकोषाध्यक्ष रमेश तिमल्सिनाले लकडाउनले अरु सर्वसाधरणहरु जस्तै पत्रकारह पनि अप्ठ्यारोमा परेको अवस्थामापनिआफुहरुको समस्याभन्दाअनाथबालबालिकाको समस्या ठुलो रहेको महसुष गरेर आफुहरुको पाएको सम्पूर्ण राहतअनाथबालबालिकाहरुलाई दिएको बताउनुभयो । ‘लकडाउन र कोरोनाकहरको प्रभावपत्रकारहरुलाई पनि परेको छ’ उहाँले भन्नुभयो , ‘तर हाम्रो समस्याभन्दा ठुलो समस्याअनाथबालबालिकालाई छ । लकडाउनका कारण उनीहरु भोकै नपरुन् भनेर हामीले हाम्रो भागको राहतउनीहरुलाई दिएकाहौँ ।’ उहाँले आगामिदिनमा नेपालपत्रकार महासंघ रौतहट शाखालाई आउने राहतहरु आवश्यकता हेरी समुदायकाविभिन्नव्यक्तिहरुलाई प्रदानगर्ने योजना रहेको सुनाउनुभयो । अर्का संचारकर्मी अशोक पहाडीले पत्रकारहरुले आफ्नो पत्रकारिताको धर्मसँगै मानवियधर्मपनिनिर्वाह गर्न पाएकोमानिकै खुसीलागेको प्रतिक्रियादिनुभयो । उहाँले आफुले खानुभन्दापनिअरुलाई खुवाउन संतुष्टि हुने भन्दैआजगरिएको कार्यले आत्मसंतुष्टि मिलेको बताउनुभयो ।
लकडाउनका कारण दाताहरु आउननपाएर अनाथालयमा रहेकाबालबालिकाहरु भोकैपर्ने अवस्थामापत्रकारहरुले प्रदान गरेको राहत सामाग्रीले तत्काललाई समस्या टरेको सो अनाथालयकाव्यवस्थापक हृदयलालकुशवाहले बताउनुभयो । उहाँले दाताहरुको सहयोगको भरमा संचालित सो अनाथालयको कुनै ठोस आय नरहेको भन्दै लकडाउनका कारण अनाथबालबालिकाहरु समस्या पर्न लागेको अवस्थामापत्रकारहरुको राहतले अनाथालयमाखुसियालीआएको बताउनुभयो । उहाँले आफ्नो भागको राहतअनाथालयमा सहयोग गर्ने पत्रकारहरुलाई धन्यवाददिदैँ तत्काललाई यो राहतले अनाथबालबालिकाको लागिखाद्यान्नको जोहो भएपनि लकडाउन बढ्दै जाँदा के गर्ने भन्ने चिन्तापनिव्यक्तगर्नुभयो ।
वि.सं. २०५७ सालमा स्थापनाभएकोसो अनाथालयमाहाल ३३ जनाअ नाथबालबालिकाहरु रहेका छन् ।