अशोक पहाडी ,
रौतहट,१५ बैशाख । नेपाली कांग्रेस रौतहट निकट युवाहरुको समुह कोरोनाका कारण भोकै बस्न बाध्य रहेकाहरुको घरघरमा राहत पु¥याउन सक्रिय रहेको छ ।
सो समुहले चन्द्रपुर नगरपालिका र बृन्दावन नगरपालिकाको बिभिन्न स्थानमा पुगेरै लकडाउनका कारण खान नपाएका अति बिपन्न ,गरिव तथा नागरिकता नभएर सरकारी राहत पाउनबाट बन्चित रहेकाहरुको घरमै राहत सामग्री पु¥याउदै आएको छ । चन्द्रपुर नगरपालिकाका मुकेश गिरी ,बिनोद गुप्ता ,कुस्वार ,देवराज कार्की लगाएतको समुले लकडाउको सुरुवाती समय देखीनै राहत बितरण गर्दे आएको छ ।
ल्कडाउनका कारण दैनिक ज्यालादारी गरेर जिविका चलाउदै आएकाहरु र नागरिकता नभएका कारण सरकारबाट पाउन राहत पाउनबाट बन्चित रहेकाहरुलाई आफुहरुले घरघरमै गएर राहत बितरण गरेको नेपाली कांग्रेसका स्थानीय युवा नेता मुकेश गिरीले जानकारी दिएका छन् ।
१५ किलो चामल ,२ किलो दाल ,स्वाइबिन र एक लिटरका दरले आफुहरुले रातह बितरण गरेको अर्का युवा नेत्र कुस्वारले जानकारी दिएका छन् । सो समुहरुले आफै आफैबाट रकम संकलन गरेर खाद्ययान्न लगाएतका सामाग्री खरिद गरेर बितरण गरेको हो ।
देशनै संकटमा रहेको बेला नेपाली काग्रेसका युवाहरु सक्रिय भएर राहत बितरण गर्ने कामलाई निरन्तरता दिएपछि सो कार्यमा आफुले पनि केही रकम सहयोग गरेको नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्रनं ४ का संघिय सांसद देवप्रसाद तिमलसिनाले जानकारी दिएकाछन् ।
स्थानीय स्तरले बितरण गरेको राहतमा हुनेखानेको पहुंच बढेको र कोरोनाका कारण काम नपाएर घरमै बस्न बाध्य रहेका बिपन्नहरुलाई आफुहरुले आफै आफै मिलेर संकलन गरेको राहत घरघरमै लगेर पु¥याउने गरेको नेपाली विद्यार्थी संघ रौतहटका नेता देवराज कार्कीले जानकारी दिए ।