सर्लाही,१५ बैशाख । केही दिन पहिला आएको हावाहुरी तथा असिना पिडितले राहत पाएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ नम्बर वडाका करिब २० घर परिवारलाई रेडक्रस लालबन्दीले राहत दिएको हो ।
असिना र हुरीका कारण घरको छाना उडेर बस्नै नहुने २० घर परिवारलाई रेडक्रसले राहत स्वरुप ,त्रिपाल ,भाडाकुडा र कपडा बितरण गरेको स्थानीय बासिन्दा राजेश पाठकले जानकारी दिएका छन् । हुरी तथा असिना पिडितका लागि भने लालबन्दी नगरपालिकाले अहिले सम्म कुनै सहयोग नगरेको पिडितहरुले बताएकाछन् ।
तस्बिर / राजेश पाठक