मुम्बई । अभिनेता सुशान्तसिंह राजपुतको निधनसँग जोडिएको बलिउडको लागुऔषध दुर्व्यसनी मुद्दामा अभिनेत्री दीपिका पादुकोणको नाम पनि मुछिएको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० को जाँचमा दीपिकाको पनि संलग्नता देखाएको हो। यसअघि श्रद्धा कपूर, रकुल प्रीत सिंह र सारा अली खानको नाम जोडिइसकेको छ। हिरासतमा रहेकी सुशान्तको मृत्यु प्रकरणमा मुख्य अभियुक्त मानिएकी रिया चक्रवर्तीले बलिउडको ड्रग्स कनेक्सनबारे सिलसिलेवार रुपमा खुलासा गरिरहेकी छन् । दीपिकाको नाम बलिउड ड्रग्स च्याटमार्फत पत्ता लागेको हो। च्याटमा दीपिकाले करिश्मा नाम गरेकी युवतीलाई ड्रग्स अर्डर गरेको खुलेको छ। करिश्मा क्विन ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीकी कर्मचारी हुन् । च्याटमा पूर्वअभिनेत्री नम्रता शिरोडकरको नाम पनि देखिएको छ। जो साउथ स्टार महेश बाबुकी पत्नी हुन् । टाइम्स नाउको रिपोर्टअनुसार एनसीबीले दीपिकालाई आउँदो हप्ता सोधपुछका लागि पत्र पठाउने तयारी गरेको छ। रकुल, श्रद्धा र सारालाई भने आजभोलि नै बोलाउने तयारी छ।
कंगनाको कटाक्ष
बलिउड ड्रग्स च्याटमा दीपिकाको नाम मुछिएपछि अभिनेत्री कंगना रनौतले कटाक्ष गरेकी छन्। दीपिकाले हालै डिप्रेशनलाई लिएर रिपिट आफ्टर मी नामको एक पोस्ट गरेकी थिइन्। सामाजिक सञ्जालमा यसको निकै चर्चा भयो। ट्वीटरमा ३च्भउभबतबतभचःभ भनेर ट्रेण्डिङमा आयो। कंगनाले यहिँ कुरालाई लिएर दीपिकामाथि कटाक्ष गरेकी हुन्। उनले डिप्रेशन ड्रग्स सेवनको परिणाम भएको उल्लेख गरेकी छन् ।








