काठमाडौं, १२ फागुन ।  युवतीलाई बली चढाउन खोजेको आरोपमा पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको छ । प्रकरणमा संलग्न दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह, दिलकुमारी बुढामगर, उमेश माझी र प्रेमा तामाङलाई कारागार चलान गरिएको हो । यसअघि पीडित भनिएकी युवतीको चलाखीका कारण प्रहरीले चलाएको कोभर्ट अपरेशनका कारण यो गिरोह पुस दोस्रो साता समातिएको थियो । उनीहरुको साथबाट नगद एक लाख बराबरको चेक, धागो, कपडा, तान्त्रिक पूजा सामग्री लगायत बरामद भएको थियो ।