गरुडा, ७ भदौ । प्रहरी हिरासतमा मृत्यु भएका विजय महरा हत्यकाण्डमा मुछिएका प्रहरी उपरिक्षक , डिएसपि , एसपि देखि असइ सहित कारवाही पर्ने भएको छ । रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १९ वर्षीय युवक विजय महराको प्रहरी हिरासतमा प्रहरीको चरम यातनाक कारण मृत्यु भएका थियो । सो घटनामा तत्कालीन रौतहट प्रहरी प्रमुख नायव उपरीक्षक रविराज खड्का , डिएसपी ज्ञानकुमार महतो लगायत सई विरेन्द्र यादवलाई प्रहरी विभागले कार्यवाही गर्ने भएको हो ।