रौतहट, ६ जेठ । निबर्तमान सहरी विकास मन्त्री प्रभु साहको पहलमा ३० थान अक्सिजन सिलिन्डर सहित स्वास्थ सामग्री जिल्ला प्रशासन कार्यालय रौतहटमा हस्तान्तरण गरिएको छ । कोविड १९ को उच्च जोखिममा रहेको रौतहट जिल्लाका सिडियो इन्द्र देव यादवलाई मौलापुर नगर प्रमुख रिना कुमारी साहले अक्सिजन सिलिन्डर सहित स्वास्थ सामग्री हस्तान्तरण गरेकी हुन । मेयर साहले अक्सिजन सिलेन्डर ३० थान, मास्क ५ हजार, सेनिटाइजर २५ लिटर, अक्सिमिटर १५, ग्लोब २ बक्स , पिपिइ सेट २५ लगायत सामग्री हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। उक्त अवसरमा निबर्तमान प्रदेश सान्सद कुन्दन कुशवाल, नेता उपेन्द्र साह, राजकिशोर यादव, प्रहरी उपरीक्षक सिद्दी विक्रम शाह लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।








